म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले बेनी–जोमसोम सडक जोड्ने बेलिब्रिज बगाएको छ। गएराती अविरल वर्षापछि एक्कासि आएको बाढीले गलेश्वर–पिप्ले जोड्ने बेलिब्रिज बगाएको हो । बेलिब्रिजसँगै गलेश्वर पारीको बस्ती नै नदी कटानको उच्च जोखिममा परेको छ ।

बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउपालिका–३ राहुघाटको सिमानामा पर्ने पुल बगाएसँगै रघुगंगा र अन्नपूर्ण गाउँपालिका सहित मुस्ताङ आवतजावत गर्ने सडकमार्ग सम्पर्क विच्छेद भएको छ ।

एक्कासी नदीमा आएको बाढीले सडक कटान गरेपछि बेलिब्रिज बगाएको स्थानीय मिम थकालीले बताउनुभयो । नदी कटानसँगै तटिय क्षेत्र आसपामा बसोबास गर्नेलाई त्यहाँबाट हटाइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

Leave a Reply