कालिगण्डकी नदीमा पानीको बहाव बढेपछि सदरमुकाम बेनीदेखि पर्वत जोड्ने पक्की पुल समेत बन्द गरिएको छ । कालिगण्डकीको बाहब बढेसँगै उच्च जोखिमलाई मध्यनजर गरी पुलबाट आवतजावत समेत बन्द गरिएको बेनी नगरपालिका–८ का वडा सदस्य हिरा पुनले बताए । ‘पानीको बाहब उच्च छ,‘आवतजावतमा थप जोखिम हुने भएकाले तत्काल रोक लगाइएको छ’ पुनले भने । म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने पुलबाट सवारीसाधनका साथै पदैलयात्रीलाई समेत ओहोरदोहोर बन्द गरिएपछि चेकपोष्टमा रहेका सुरक्षाकर्मीले समेत उच्च सतर्कता अपनाउन अपिल गरेका छन् । कालिगण्डकीको बाहब बढेपछि तटिय क्षेत्रमा सर्तकता अपनाइएको छ । कालिगण्डकीसँगै म्याग्दी खोलाको बाहब समेत उच्च छ ।

Leave a Reply