लगातार वर्षाका कारण म्याग्दी र कालिगण्डकी नदीमा पानीको बहाव बढेपछि खतारको संकेत गरिएको छ । गएराती माथिल्लो क्षेत्रमा भिषण बर्षासँगै आएको बाढीले जनधनको क्षती पुर्याएसँगै म्याग्दी र कालिगण्डकी नदीका पानीको बहाव लगातार बढिरहेको छ ।

लगातारको बर्षाले कालिगण्डकीको हाराहारीमा म्याग्दी समेत उर्लिएको छ । पानीको बाहब बढेसँगै खोलाले धार परिवर्तन गर्दा तटीय क्षेत्र आसपासमा निर्माणधिन अवस्थामा रहेका संचरना समेत भत्किने अवस्थामा पुगेको छ । नदीको किनारमा बस्ने स्थानीयलाई सतकर्ता अपनाउन अनुरोध गरिएको छ ।

म्याग्दी खोला जिल्लाको पश्चिम म्याग्दीको धवलागिरी, मालिका, मंगला हुदै बग्ने गरेको छ भने कालिगण्डकी मुस्ताङ जिल्ला हुदै उत्तरी म्याग्दीबाट बग्छ । ठूला नदीमा समेत सानासाना खोला समेत मिसिँदा म्याग्दीको सदरमुकाम बेनीसम्म आइपुग्दा ठूलो हुने गरेको छ ।

पानी बढ्ने क्रम नरोकिएसम्म जोखिम कायम रहेकाले जिल्लाका सानाठूला खोलाहरुमा समेत बाढीको जोखिम रहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । म्याग्दीको ठुला र सहायक तथा ठाडो खोलामा यो बर्षकै उच्च बाहब भएपनि मापन गर्ने उपकरणको नभएपनि यो सिजनकै उच्च बर्षासँगै बाहब समेत बढेको हो ।

Leave a Reply