गएराती अविरल वर्षापछि एक्कासि आएको पहिरोले मराङमा वितण्डा मच्चाएको छ । भिषण बर्षासँगै शुक्रबार विहान आएको बाढीले म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङको रिखार भन्ने ठाउँमा कम्तिमा ११ जना बेपत्ता भएको अनुमान गरिएपनि उद्धारमा समस्या छ । उद्धारमा परिचालन गरिएका सुरक्षाकर्मी घटनास्थलसम्म आइपुगेका छैनन् । हामीले पनि घटनास्थलमा पुग्ने अवस्था छैन् । भिषणा बर्षा रोकिएको छैन्। उद्धारमा ठूलो समस्या भइरहेको छ ।

पहिरोले क्षती पुगेको स्थानमा पुग्ने सबै बाटाहरु बन्द छन् । पैदलमार्ग समेत पहिरोले बगाएपछि घटनास्थलमा पुग्नै समस्या भएका कारण उद्धारमा समेत कठिन्याई भइरहेको छ । पहिरोको जानकारी पाएपछि प्रहरीलाई खवर गरेलगत्तै उद्धारमा खटिने योजना सहित अगाडी बढेपनि मौसमले साथ दिएको छैन् ।

साविकको मराङ गाविसको ९ वटै वडाहरु जोखिममा छन् । पहिरोले जनधनको क्षती पुर्याएको बारेमा जानकारी लिने प्रयास भइरहेको छ । बर्षाले उद्धारमा समस्या हुदाँ बेपत्ताको नाम र बिवरण संकलनमा समेत समस्या भइरहेको छ ।

सिंगो गाउँ नै पहिरोको चपेटामा परेकाले स्थानीयको बिचल्ली छ । पहिरोले मराङमा कम्तिमा १३ जना बेपत्ताको अनुमान छ भने १० जना परिवार भित्रकै सदस्यहरु छन् । पहिरोले बेपत्ता भएको खवरलाई घटनास्थलमै पुगेर यथार्त बुझन् प्रयासमा छु । अहिलेसम्म सबैभन्दा धेरै रिख भन्ने गाउँमा ७ जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ ।

त्यस्तै ठूलो गाउँमा १ जना र कल्नेनीमा २ जनाको खवर आएको छ । हामीले घरबाट बाहिर ननिस्कन र अन्य स्थानमा समेत आवतजावत नगर्न अपिल गरेका छौ भने पहिरोबाट जोखिम भएका स्थानबाट स्थानीयलाई सुरक्षित स्थानतर्फ पठाइएको छ । मराङको घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले थप क्षतीको जोखिमलाई मध्यनजर गरी उद्धार तथा परिचालनमा सक्रिय छु ।

Leave a Reply