लगातार वर्षाका कारण मालिका गाउँपालिका–५ देविस्थानमा चारवटा गोठ पुरिएको छ । देविस्थानका खारबाङमा बाढी र पहिरोले देउताभीरको आसपापासमा स्थानीय खिम बहादुर पुन, कलिमा बुढा लगायत ३ गोठ पुरिएको छ भने ७ घर उच्च जोखिममा छ । त्यस्तै जुग्जामा गंगा गोतामेको गोठ पुरिदाँ पुशचौपाया मरेको सूर्यमुखी यूवा क्लवको अध्यक्ष भक्त घर्ती मगरले जानकारी दिनुभयो । बाढीपहिरोले स्थानीयको खेतीयोग्य जमिन समेत पुरिदिएको छ । त्यस्तै खारवाङमा सैमति पुनको सुन्तला बगैचा समेत पुरिएको छ । पहिरोले क्षती पुगेपछि स्थानीयलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको छ । बाढीपहिरोको संकेत लगत्तै स्थानीयले भागेर ज्यान जोगाएका थिए । वडा अध्यक्ष पिपला बुढाले बाढीपहिरोको जोखिममा रहेको बस्तीमा तत्काल सुरक्षा सर्तकता अपनाउन अनुरोध गरिएको बताउनुभयो । उहाँले सडक विस्तार सहित पहिरो र बाढी आउन सक्ने स्थानका बासिन्दालाई सुरक्षित क्षेत्रमा पठाइएको बताउँदै तत्काल मानवीय क्षती नभएको जानकारी दिनुभयो । दाङ खोला थुनिएपछि आसपासका क्षेत्रमा कटान समेत गरेको थियो ।

Leave a Reply