पश्चिम म्याग्दीमा लगातारको बर्षाले म्याग्दी खोलामा पानीको बाहब ह्वात्तै बढेको छ । गएरातीदेखि लगातारको बर्षाका कारण शुक्रबार विहानको तुलनामा अहिले ९ बजेसम्म खोलाको बाहव बढेको छ ।

भिषणा बर्षासँगै पश्चिम म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकमा मानवीय क्षतीसँगै सानाठूला खोलाको बाहब समेत ह्वात्तै बढेपछि बेनी नगरपालिका वडा नं ४ को तातोपानी कुण्ड समेत डुवानमा परेको छ । कुण्ड आसपासका क्षेत्रमा पानीको बाहबले क्षती पुगेको छ । त्यस्तै म्याग्दी खोला झनझ्न बढ्न थालेपछि सुरक्षा सतर्कतता अपनाउन अनुरोध समेत गरिएको छ । म्याग्दी खोलाको बाहब विहानको तुलनामा ह्वात्तै बढेको मालिका गाउँपालिका वडा नं ६ का अध्यक्ष सन्तनाथ सुबेदीले बेनीअनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार दरबाङ आसपासमा हुदै बग्ने खोलाको बहाव बढेपछि थप क्षतीको जोखिम समेत रहेकाले सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

Leave a Reply