पश्चिम म्याग्दीमा गएराती अविरल वर्षापछि एक्कासि आएको बाढीले वितण्डा मच्चाएको छ । भिषण बर्षासँगै शुक्रबार विहान आएको बाढीले मालिका गाउँपालिका–७ बिममा ८ जना बेपत्ता भएका छन् । एक्कासी पहिरोले घर पुरिएपछि बिमको दुले भन्ने ठाउँमा विष्णु शर्मा र उनकी छोरी इच्छा शर्मा बेपत्ता भएका छन् ।

त्यस्तै नैरुङमा इलिसा शर्मा, मालिकाथानको तल्लो गाउँमा बिमला नेपालीको आमाछोरा, बिरबहादुर नेपाली सहित चारजनाको परिवार बेपत्ता भएको वडा अध्यक्ष सुविन जुग्जालीले बेनीअनलाइनलाई बताउनुभयो। ‘पहिरोले ८ जना बेपत्ता भएको खवर छ,‘थप उद्धारको प्रयास भइरहेको छ’ जुग्जालीले भन्नुभयो । उहाँले विगतमा पहिरोको कुनै समस्या नभएको ठाउँमा एक्कासी पहिरोले जनधनको क्षती पुर्याएको बताउनुभयो । जोखिममा रहेकालाई सुरक्षित स्थानमा पठाउने प्रयास भइरहेको छ ।

Leave a Reply