गएराती अविरल वर्षापछि पश्चिम म्याग्दीका विभिन्न स्थानमा कम्तिमा २२ जना पहिरोमा सम्पर्कविहिन भएका छन् । एक्कासि आएको बाढीले वितण्डा मच्चाएको छ । भिषण बर्षासँगै शुक्रबार विहान आएको बाढीले मालिका गाउँपालिका–७ बिममा ८ जना बेपत्ता भएका छन् । एक्कासी पहिरोले घर पुरिएपछि बिमको दुले भन्ने ठाउँमा विष्णु शर्मा र उनकी छोरी इच्छा शर्मा बेपत्ता भएका छन् ।

त्यस्तै नैरुङमा इलिसा शर्मा, मालिकाथानको तल्लो गाउँमा बिमला नेपालीको आमाछोरा, बिरबहादुर नेपाली सहित चारजनाको परिवार बेपत्ता भएको वडा अध्यक्ष सुविन जुग्जालीले बताए। ‘पहिरोले ८ जना बेपत्ता भएको खवर छ,‘थप उद्धारको प्रयास भइरहेको छ’ जुग्जालीले भने ।

विगतमा पहिरोको कुनै समस्या नभएको ठाउँमा एक्कासी पहिरोले जनधनको क्षती पुर्याएको छ ।जोखिममा रहेकालाई सुरक्षित स्थानमा पठाउने प्रयास भइरहेको छ।त्यस्तै धवलागिरी गाउँपालिका–६, मराङको रिखा भन्ने ठाउँमा कम्तिमा ११ जना बेपत्ता भएको अनुमान गरिएको छ ।

मराङको घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना वेपत्ता भएको वडा अध्यक्ष राजाराम शर्मा बताए । मराङमा बेपत्ताको संख्या ११ सम्म पुग्ने अनुमान गरिएको छ । पहिरोले आवतजावत गर्ने सम्पूर्ण मार्गहरु बन्द भएपछि पहिरोमै अलपत्र परेकाको उद्धारको प्रयास भइरहेको वडा अध्यक्ष शर्मा बताए ।

इलाका प्रहरी कार्यालय दरबाङबाट गएको टोली पहिरोले बाटो अवरुद्ध भएपछि बाटोमै अलपत्र परेको छ भने स्थानीयले उद्धारको प्रयास गरिएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले जिल्लाभरबाट पहिरोको जानकारी लिने प्रयास भइरहेको बताए।

मराङमा बेपत्ता हुनेमा धनबहादुर जुग्जाली र भिम जुग्जालीका ७ जना रहेको छ। प्रहरीका अनुसार हालसम्म बेपत्ता १० जनाको नाम प्राप्त भएपनि खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मराङकै कल्लेनीको घारखोलामा आएको बाढीले परदेवी र वीरबहादुरपुनको घर बगाएको छ। म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले बेनी–जोमसोम सडक जोड्ने बेलिब्रिज बगाएको छ। गएराती अविरल वर्षापछि एक्कासि आएको बाढीले गलेश्वर–पिप्ले जोड्ने बेलिब्रिज बगाएको हो ।

बेलिब्रिजसँगै गलेश्वर पारीको बस्ती नै नदी कटानको उच्च जोखिममा परेको छ ।बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउपालिका–३ राहुघाटको सिमानामा पर्ने पुल बगाएसँगै रघुगंगा र अन्नपूर्ण गाउँपालिका सहित मुस्ताङ आवतजावत गर्ने सडकमार्ग सम्पर्क विच्छेद भएको छ।

Leave a Reply