म्याग्दी खोलाले बगाएरल्याएको दाउरा छोप्न जाँदा पानीको बहाव बढेर खोलामै अलपत्र परेका दुई जनालाई खोलाबाट सकुशल उद्धार गरिएको छ ।  म्याग्दी खोलाले बगाएरल्याएको दाउरा छोप्न जाँदा पानीको बहाव बढेपछि बेनी नगरपालिका वडा नं ४ सिंगा तातोपानीमा एक्कासी पानीको बाहब बढेपछि खोलामा फसेका मंगला गाउँपालिका–३ पखेरका २४ बर्षिय दल बहादुर घर्ती र ४८ बर्षका सुर्य थापा खोलामा फसेपछि प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माको नेतृत्वमा गएको नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।

साना देखेर खोलामा प्रवेश गरेका दुवैजना एक्कासी खोला बढेपछि अलपत्र परेको अवस्थामा उद्धार गरिएको स्थानीयले बताए । नेपाल प्रहरी र नेपाली सेनाले डोरीको सहायतले खोलामा फसेकालाई उद्धार गरी घर पठाएको छ । विहानको तुलनामा म्याग्दी खोला ह्वात्तै बढेको छ । खोला बढेपछि तटिय क्षेत्रमा जोखिम बढेको छ । खोलामा दाउरा छोप्न जानेलाई हटाउन प्रहरीले समेत सर्वसाधारणमा अपिल गरेको छ ।

Leave a Reply