पश्चिम म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकामा पहिरोमा परेर हराएका खोजी तथा अलपत्रको उद्धारका लागि पोखरा र काठमाण्डौबाट दुईवटा हेलिकप्टर परिचालनको तयारी भइरहेको छ । पदैलमार्गबाट खोज तथा उद्धारको सम्भावना कम भएपछि नेपाली सेना र एक निजी हेलिकप्टर उड्ने तयारीमा रहेको प्रहरी नायव उपरीक्षक किरणजंग कुवँरले बताए ।

‘पदैलमार्ग सबै अबरुद्ध छ,‘घटनास्थलमा हवाई उद्धार बाहेकको विकल्प छैन्’ प्रनाउ कुँवरले भने । उनका अनुसार सेनाको विशेष टोली हेलिकोप्टरबाट घटनास्थलमा पुग्ने र स्थलमार्ग हुदै गएको प्रहरी सहितको सुरक्षाकर्मीको टोली समेत उद्धारमा खटिने बताए ।

‘पहिरोस्थलभन्दा झन्डै तल प्रहरीको टोली पुगेको छ,‘हेलिप्याड बनाएर हेलिकप्टर अवतरणमा सघाउने तयारी छ’ उनले भने । सुरक्षा अपनाएर त्यहाँ रहेका स्थानीयसँगको समन्वयमा खोजीकार्यको योजना बनाइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

उहाँका अनुसार मौसमले साथ दिएकाले उद्धारकाका लागि सहज हुने उनले बताए । पहिरोस्थलमा असुरक्षा महसुस भएमा अझै सुरक्षित ठाउँमा लैजाने गरी स्थानीय जनप्रतिनिधिले समेत उद्धारको प्रयास गरेका छन् । तत्काल खोजीकार्य र अलपत्र परेकालाई राहतमा प्राथमिकता दिइएको छ । अर्मन र बिममा उद्धार र राहतमा जुट्नु चुनौतीपूर्ण रहेको बताइएको छ ।

Leave a Reply