म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीमा गोठ जादै गरेका एक पुरुषलाई खोलाले बगाएर मृत्यु भएको छ । ठाडाखानी गाउँबाट गोठतर्फ जादै गरेका ५० बर्षिय ललिमान पुराने छन्त्याललाई विहान खोलाले बगाएर मृत्यु भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बेनीअनलाइनलाई जानकारी दिनुभयो । खोलाले बगाएका छन्त्यालको शब मृत अवस्थामा भेटिएको छ।

ठाडोखोलामा तर्ने क्रममा चिप्लिएर बेपत्ता भएको स्थानीयको भनाई छ । बेपत्ता छन्त्यालको खोजीकार्यको क्रममा खोलाको तल शब भेटिएपछि आवश्यक कानुनी प्रक्रिया पुरा गरी अन्त्येष्टी गरिने गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । यसैबीच रघुगंगा गापा वडा नं ८ कुइनेमंगलेमा पहिरोले दुई घर विस्थापित भएका छन् ।

स्थानीय अमर छन्त्यालका अनुसार मन बहादुर छन्त्याल  नरेश छन्त्याल पुरिएको छ भने कर्मन छन्त्याल, पदम छन्त्याल, मिम छन्त्याल, यमया छन्त्याल भविलाल विकको खेत र खेलकुद मैदान मैदानमा समेत क्षती पुगेको छ । गाउँबस्तीमा खोला र जोखिमपूर्ण क्षेत्र आसपासमा आवतजावत नगर्न समेत अपिल गरिएको छ ।

Leave a Reply