परोपकारी संस्था ओमकुमारी शान्ति कोषले बाढीपहिरोले विस्थापित भएकालाई राहत संकलन सुरू गरेको छ। आर्थिक अवस्था कमजोर भएकाको उपचारमा सक्रिय रहेको संस्थाले जिल्लाको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका गाउँपालिका–७ बिम, रघुगंगा गाउँपालिका–८ कुइनेमंगले सहित जिल्लाका विभिन्न स्थानमा पहिरोले विस्थापित भएकालाई पहिलो चरणमा ५ लाख १९ हजार बराबरको राहत संकलन गरेको छ।

कोषका अध्यक्ष राजेश शाक्यका अनुसार तत्काल पहिरोबाट विस्थापित भएकालाई दु्रत गतिमा राहत साम्रागी पठाउने निर्णय सहित उक्त सहयोग जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा हस्तान्तरण गरिने छ।

कोषमा आवद्ध रहेका पदाधिकारी सहित सदस्य, आजिवन सदस्य, संरक्षण सदस्य सहित विभिन्न देशमा रहेकाहरुसँग सहकार्य गरी जिल्लामा विपद्को समयमा मानवीय सेवाको रुपमा सक्रिय हुने जनाएको छ ।

कोषले जिसी क्रसर उद्योगको सौजन्यमा हेलिकप्टरमार्फत बाढीपहिरो प्रभावित क्षेत्रका जनतालाई उद्धार सहित राहतमा समेत सहयोग गर्ने अभियान सुरु गरेको छ । यसअगाडी समेत कोषले भूकम्पमा देशका विभिन्न जिल्लाका साथै बैसरीमा विस्थापति भएकालाई समेत राहत अभियान सञ्चालन गरेको थियो ।

Leave a Reply