म्याग्दीको मालिका गाउँपालिका–६ दुखु खोलामा बग्दै गरेका श्रीमानको उद्धार गरिएको छ भने श्रीमति अझै बेपत्ता छिन् । दुखु खोलाले बगाएपछि गम्भीर घाईते भएका बालसिंह रोकालाई प्रभु हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौ पठाइएको छ भने उनकी श्रीमति ४१ बर्षिया गिता रोकाको अवस्था अझै अज्ञात छ ।

घाईतको अवस्था गम्भीर भएकाले तत्काल आवश्यक प्रक्रिया पुरा गरी हेलिकप्टर मगाइएको थियो । घाईतेलाई थप उपचारका लागि पठाइएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाको भनाई उद्धित गदैं बेनीअनलाइनकर्मी हरि कँडेलले दरबाङबाट जानकारी दिएका छन् ।

खोला आसपासबाट तर्ने क्रममा दाउरा देखेपछि दाउरा सङ्कलन गर्दा ४१ बर्षिया गिता रोकालाई बगाएलगत्तै बालसिंहले समात्न खोज्दा उनलाई पनि बगाएको थियो । श्रीमतिलाई दाउराले तानेपछि बालसिंहले श्रीमतिलाई जोगाउन खोज्दा दुबैलाई खोलाले बगाएको थियो ।

यता इलाका प्रहरी कार्यालय दरबाङका असई बलराम पौडेलका अनुसार दरबाङको स्वाँता भन्ने ठाउँबाट ११ घरधुरीबाट ४० जना र देविस्थानबाट ६ जनालाई पहिरोको जोखिमलाई मध्यनर गरी उद्धार गरिएको छ ।

उद्धार गरिएकालाई जनप्रिय माविमा राखिएको छ । यसैबीच बिमको पहिरोमा अलपत्र परेकाहरु जोखिम मोलेर बाईनाफाँटमा पुगेका छन भने करिब ५ घरधुरी सोही स्थानमा रहेको उपाध्यक्ष खरमायाँ विटालुले जानकारी दिनुभयो ।

पहिरोले अलपत्र परेकाको उद्धारमा समस्या भइरहेको छ । उद्धारका लागि बेनीबाट खटिएको टोली घटनास्थलमा पुग्न सकेको छैन् । शनिबार बैकल्पिक मार्गको प्रयोग गरी घटनास्थलमा जाने योजना सहित तयारी अवस्थामा रहेको जनाइएको छ ।

Leave a Reply