म्याग्दी खोलामा दाउरा बगाएको देखेपछि मंगला गाउँपालिका–३ पखेरका २४ बर्षिय दल बहादुर घर्ती र ४८ बर्षका सुर्य थापा बेनपा–४ तातोपानीबाट खोलामा पसे । खोलामा ठूला–ठूला दाउरा देखेपछि छोप्न गएको केहीबेरमै पानीको बाहब ह्वात्तै बढेपछि बिचमै फसे । दुबै जनालाई नेपाली सेना सहितको टोली पुगेर उद्धार गर्यो ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दुखुमा खोला तर्ने क्रममा दाउरा देखेपछि स्थानीय बालसिंह रोका र उनकी श्रीमति गिता रोकाले दाउरा निकाल्न खोज्दा बालसिंह गम्भीर घाईते भए भने गिता बेपत्ता छिन्। शुक्रबार म्याग्दी र कालिगण्डकी नदीको किनारामा दाउरा संकलन गर्नेहरुको ताँती थियो ।

‘तत्कालै उद्धार नगरिएको भए तिनैजना बेपत्ताको सूचीमा हुन्थ्ये,‘दाउरा खोज्न जानेहरुले ज्यानलाई वास्ता गरेनन्’ प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले भने। उनले तटिय क्षेत्र नै जोखिममा भएको बेलामा नदीमै पसेर दाउरा संकलनको प्रयास गर्नु गलत भएको भन्दै समुदायबाटै यस्ता गतिविधिलाई निरुत्साहित गर्नुपर्ने उनले बताए ।

प्रहरीले माछा मार्न र दाउरा खोज्न जाने करिब २० जनालाई खोलाबाट हटाएपनि लुकिछिपी जोन क्रम नरोकिएको जनाएको छ। उर्लिएर आएको भेलले झन् भन्दा झन् जोखिम बढ्दै गएको अवस्थामा दाउरा खोज्न जानेहरु सचेत हुन सकेनन् ।

ज्यानको भन्दा दाउरा र मुढाकै माया बढी भएजस्तै गरी कलिला बालबालिकादेखि बृद्धबृद्धासम्म खोलामा छपक्कै देखिन्छन् । म्याग्दीमा बर्षेनी दाउरा खोज्न जाने क्रममा ज्यान गुमाउने गरेका छन् । नदीमा दाउराका लागि छट्पटाइरहेकालाई हटाउन खोज्दा बेवास्ता गर्ने गरिएको छ । यसैबीच प्रहरीले शनिबारदेखि खोलामा दाउरा खोज्न जानेलाई निगरानी बढाउने भएको छ ।
तस्वीर सौजन्य छवि आचार्य

Leave a Reply