पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको पहिरोस्थलमा फसेका र बेपत्ताको खोजीका लागि शनिबार विहानैदेखि सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको छ । पहिरो गएको एकदिन वितिसक्दा समेत पहिरोस्थलसम्म स्थल तथा हवाईमार्गबाट टोली पुग्न सकेको छैन् ।

शुक्रबार राती साढे २ बजे पहिरो खस्दा अलपत्र परेकाहरूको उद्धारमा शुक्रबार विहानै सदरमुकाम खोजी र उद्धारका लागि स्थलमार्गबाट गएको टोली पहिरोस्थलमा पुग्ने अवस्था नभएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

‘शनिबार दिनभरीमा सबैको उद्धारको प्रयास हुन्छ,‘पहिरोस्थलमा खुल्ला आकाशमा रहनुभएकालाई तत्काल पहल गदैछौ’ प्रजिअ ढकालले भन्नुभयो । उहाँका अनुसार पहिरोमा परेकाहरुलाई सुरक्षित स्थानामा लैजाने, आवश्यकता अनुसारको ब्यवस्थापनका लागि नेपाली सेना, प्रहरी, शसस्त्र सहितको थप टोलीलाई पठाउने तयारी भइरहेको छ ।

यता पहिरोस्थलमा गम्भीर घाईतेको उद्धारमा लागि समेत हेलिकप्टर पोखराबाट प्रस्थान गर्ने तयारीमा छ । मुख्यमन्त्री पृथिविसुब्बा गुरुङ सहितको टोली पहिरोस्थलको निरिक्षणमा आउने तयारी भइरहेको छ । प्रतिकुल मौसमका कारण मराङसम्म हेलिकप्टर पुग्न नसक्ने अवस्थामा पहिरो आसपासमा अड्किएकाको उद्धार र घाईतेलाई थप उपचारका लागि पोखरा पठाउने तयारीमा जुटेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो ।

पहिरोस्थलमा पुग्न स्थलमार्ग सबै पुरिएको अवस्थामा स्थलमार्गबाट गएको टोलीले बैकल्पिक मार्गको खोजीमा समेत जुटेको मराङका वडा अध्यक्ष राजाराम सुबेदीले बताउनुभयो । ‘मौसम छिनछिनमा परिवर्तन भइरहेको छ,‘अलपत्र परेकाहरुमध्ये केहीलाई स्थलमार्गबाट सम्भव नै छैन’ सुबेदीले भन्नुभयो । मराङमा पुगेको क्षतीको विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply