म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिममा शुक्रबार विहान पहिरोमा पुरिएका १९ जनाको शब भेटिएको छ ।

मराङको विभिन्न बस्तीमाथिबाट खसेको पहिरोमा बेपत्ता भएका १२ जना र बिममा ७ जनाको शब भेटिएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बेनीअनलाइनलाई जानकारी दिनुभयो।

घटनास्थलमै रहेका प्रनाउ कुँवरका अनुसार मराङबाट नेपाली सेनाको हेलिकप्टरले १२ जनाको उद्धार गरेको छ । उद्धार गरिएकालाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ ।

Leave a Reply