बस्तीमाथिबाट खसेको पहिरोले घाईते भएकी धवलागिरी गाउँपालिका-६, मराङकी एक गर्भवती महिलाको हवाई उद्धारगरि उपचारका लागि पोखरा पठाइएको छ ।

शुक्रबार बिहान पहिरोले घाईते भएकी २२ वर्षीय मञ्जीला सिर्पालीको कम्मरको चारवटा हड्डी भाँचिएको कारणस्वास्थ्य अवस्था बिग्रदै गएपछि शुक्रबार परोपकारी संस्था ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्य र निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीको निजी खर्चमा प्रभुको हेलिकप्टर मार्फत महिलालाई गाउँमै पुगेर उद्धार गरी बेनी अस्पतालमा ल्याइएको थियो । गर्भवती महिलाको दुईदिनदेखि पिसाव रोकिएपछि अवस्था चिन्ताजनक रहेकाले शुक्रबार प्रतिकुल मौसमका कारण उद्धार हुन सकेको थिएन् ।

बेनी अस्पतालका क्लिनिक कोअर्डिनेटर डा.नवराज बस्ताकोटीले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार करिब ६ महिनाकी गर्भवती महिलाको एक लिटर पिसाव जम्मा भएको अवस्थामा निकालिएको छ भने हडड्को सर्जरीका लागि पोखराबाट समेत काठमाण्डौ लैजानुपर्ने अवस्था रहेको छ । ‘महिलाको गर्भको अवस्था अहिले नै भन्न सकिन्न,‘उहाँलाई यहाँबाट राम्रो उपचार गरी पठाइएको छ’ डा. बस्टाकोटीले भन्नुभयो । हड्डी भाँचिएका कारण पिसाव थैलीमा समस्या देखिएको डा. बस्ताकोटीको भनाई छ।

यसैबीच पहिरोमै घाईते भएका गर्भवती महिलाका ९ बर्षिया छोरा सफल सिर्पालीलाई समेत उद्धार गरी बेनी अस्पताल हुदै पोखरा पठाइएको छ । बालकको अवस्था समान्य छ । पहिरोस्थलमा फसेका र घाईतेका धमाधम उद्धार भइरहेको छ ।

Leave a Reply