अविरल वर्षाका कारण पहिरोले विस्थापित र पहिरोको उच्च जोखिममा रहेको बस्तीबाट श्ुक्रबार र शनिबार जिल्लाभरबाट ठूलो संख्यामा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । धवलागिरी गाउँपालिका–६, मराङ र मालिका गाउँपालिका–७, विममा गएको पहिरोबाट सहित जिल्लाभरबाट ८ सय ५० जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको हो ।

पहिरोस्थलमा फसेकालाई उद्धारमा निकै कठिनाई भइरहेको अवस्थामा स्थलमार्ग हुदै प्रहरी सहित स्थानीय र हवाईमार्गबाट समेत उद्धार गरिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

‘उद्धारको क्रम जारी छ,‘पहिरोमा फसेकालाई तत्काल सुरक्षित स्थानमा राख्नु पहिलो प्राथमिकता हो’ प्रनाउ कुँवरले भन्नुभयो । जिल्लामा सबैभन्दा धेरै क्षती पुगेको मराङ र बिममा यो समाचार तयार पर्दासम्म उद्धारको कार्य जारी रहेको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत जोखिम र उद्धारस्थलमा प्रहरी सहितको टोलीलाई परिचालन गरिएको छ भने थप आवश्यक पर्ने स्थानहरुमा जनशक्ती थप्दै छ । मराङ र बिममा अझै पनि हेलिकप्टरबाटै उद्धारको आवश्यकता रहेको छ । मराङ र बिममा १२ जना पहिरोस्थलमै अझै फसेका छन् । उनीहरुलाई शनिबार साँझसम्म उद्धार गरिने जनाइएको छ ।

Leave a Reply