रोजगारको सिलसिलामा कुवेत पुगेर फर्किएका म्याग्दीका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको अन्नपूर्ण गाउँपालिकाका ३० वर्षीय पुरुष र रघुगंगा गाउँपालिकाका ३० वर्षीय पुरुष गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो ।

संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था समान्य रहेको छ । कोरोना संक्रमित यूवा असार १८ गते काठमाण्डौ बेनी स्थित म्याग्दी क्याम्पस र माउण्ट एभरेष्ट आवासीय माविको हिलसाईडमा रहेको क्वारेन्टाइनमा बसेका थिए ।

दुवै संक्रमतिसँगै म्याग्दीबाट असार २३ गते ४० जनाको स्बाब संकलन गरी पिसिआर रिर्पोटको लागि पोखरा पठाइएकोमा आइसोलेसन कक्षमा रहेका थप दुईजनाको समेत दोस्रो रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो सँगै म्याग्दीमा कोरोना संक्रमित हुनेको संख्या २४ पुगेको छ भने निको भएर फर्किनेको संख्या १६ पुगको स्वास्थ्य कार्यालयले जनाएको छ । विदेशबाट आएर म्याग्दीका तीनवटा क्वारेन्टाइनमा बसेका १ सय जनाको स्बाब लिन बाँकी छ भने ५४ जनाको स्बाबको रिर्पोट आउन बाँकी रहेको छ ।

Leave a Reply