अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

पहिरोमा बेपत्ता भनिएका रिखाका ३ जना सम्पर्कमा आए

On: July 11, 2020 8:08 PM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङमा पहिरोमा पुरिएर बेपत्ता भनिएका तिनजना सम्पर्कमा आएका छन् । मराङको रिखाका ४० बर्षिया धन बहादुर जुग्जाली, १५ बर्षिया रितु कुमारी जुग्जाली र ५ बर्षिया अर्जुन जुग्जाली सम्पर्कमा आएको म्याग्दीका प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बेनीअनलाइनलाई बताउनुभयो ।

‘रिखाबाट तीनजना सम्पर्कमा आउनुभएको छ,‘थप उद्धारको प्रयास भइरहेको छ’ प्रनाउ कुँवरले भन्नुभयो । उहाँका अनुसार शनिबार साँझसम्म मराङमा बेपत्ता मध्ये १८ जनाको पहिचान खुलेको छ भने मालिका गाउँपालिका–७, बिमका ८ जना बेपत्ताको शब भेटिएको छ । पहिरोको हटस्पटको रुपमा धवलागिरी गापाको मराङ, कल्लेनी, राम्चे र रिखा गाउँ रहेको छ भने मालिकाको बिम, नुरबाङ्ग रहेको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।