म्याग्दीमा बाढीपहिरोमा बेपत्ता र मृतकको खोजीकार्यलाई तिब्रता दिइएको छ । धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, विममा गएको पहिरोमा परेर बेपत्तामध्ये अधिकांसको शब भेटिएको छ भने बेपत्ताको पहिचान समेत खुलेको छ । मराङ र विममा पहिरोको हटस्पट मानिएको क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तिब्रता दिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पहिरोका हटस्पटहरु
– मालिका गाउँपालिका बिम, दुले र नुरवाङ्ग
– धवलागिरी गाउँपालिका– मराङ, कल्लेनी, राम्चे र रिखा

मृत अवस्थामा फेला परेका व्यक्तिहरुको बिबरण
जिल्लामा विपदको कारणले हालसम्म २७ जना व्यक्तिको मृत्यु भएको छ । उल्लेखित व्यक्तिहरुको लाशलाई सुरक्षाकर्मी र स्थानीय समुदाय समेतको सक्रियतामा उत्खनन गरी सनाखत समेत भईसकेको छ ।

 मालिका गाउँपालिकामा मृत अवस्थामा भेटिएका व्यक्तिहरुको बिबरण
-मालिका गापा–७ विम बस्ने बर्ष ४० की बिष्णु पौडेल
-४ बर्षिया की ईच्छा पौडेल
– गौदेवी नेपाली
– विशेष नेपाली
– विर बहादुर नेपाली
– बस्ने निजको ३ महिनाको छोरी निशा नेपाली
-बिष्णु नेपाली
-सन्दिप नेपाली

धवलागिरी गाउँपालिकामा मृत अवस्थामा भेटिएका व्यक्तिहरुको बिबरण
१। धवलागिरी गापा–६ मराङ्ग बस्ने तुल बहादुर क्षेत्री
२। सुकना लामगादे
३। आशिस लामगादे
४। आयुष लामगादे
५। आयुषा लामगादे
६। रेश्मा सुनार
७। मन सुनार
८। कमला श्रीपाली
९। सुरक्षा श्रीपाली

१०। सुरज श्रीपाली
११। जनिमा केसीको छोरा बर्ष १८ कोप्रकाश केसी
१२। हिरा मति जुग्जाली ।
१३। करिश्मा जुग्जाली ।
१४। कञ्चन जुग्जाली ।
१५। गौशरा जुग्जाली
१६। दिमा जुग्जाली ।
१७। दिप्ती जुग्जाली ।
१८। दिवान जुग्जाली ।

रघुगंगा गाउँपालिकामा मृत अवस्थामा भेटिएका व्यक्तिहरुको बिबरण
म्याग्दी रघुगगा गापा–६ ठाडाखानि नलिमान छन्त्याल

 घाईतेहरुको बिबरण
हालसम्म बिभिन्न स्थानबाट १२ जना घाईतेहरुलाई घटनास्थलबाट उद्धार गरी उपचारको लागि विभिन्न स्वास्थ्य केन्द्रहरुमा पठाईएको छ ।
पोखरा मणिपाल शिक्षण अस्पताल र काठमाण्डौ रिफर भएको बिरामीहरुः
– मालिका गापा ७ विम बस्ने बर्ष ३६ को पूर्ण बहादुर नेपाली ढाडमा चोट खुट्टा फ्याकचर (अवस्था बोल्न सक्ने, पोखरा रिफर)
– जि।म्याग्दी धवलागिरी गा।पा। ०६ बस्ने बर्ष २२ की मन्जिता श्रीपाली  गर्भवती महिला ( ढाँडमा समस्या अवस्था बोल्न सक्ने, पोखरा रिफर)
– सफल श्रीपाली (अवस्था बोल्न सक्ने, पोखरा रिफर)
– ७ ताकम बस्ने बर्ष ६७ को सतदेबी बिटालु (टाउको,हात,खुट्टा मा चोट ९अवस्था मध्यम, पोखरा रिफर)
– मालिका गापा-६ बस्ने बालसिंह रोका (काठमाण्डौ)
बेनी अस्पतालमा उपचाररत
– जिल्ला म्याग्दी धवलागिरी गापा-६ मराङ रिखा बस्ने बर्ष १२ को अंकित जुग्जाली अवस्था सामान्य
– बर्ष ३५ को कुशल पुन अवस्था सामान्य
– बर्ष १६ की बिर्सना जुग्जाली अवस्था सामान्य
–  बस्ने बर्ष ३४ को धन बहादुर जुग्जाली अवस्था सामान्य
– राम्चे बस्ने बर्ष ८७ की गौमती सुनार अवस्था सामान्य
– राम्चे बस्ने बर्ष २२ को दिपक श्रीपाली अवस्था सामान्य
– बस्ने बर्ष ७२ को हरि बिटालु अवस्था मध्यम

जिवितै सम्पर्कमा आएका व्यक्तिहरु
धवलागिरी गापा–६ मराङ्ग रिखा बस्ने धन बहादुर जुग्जाली
रितु कुमारी जुग्जाली
अर्जुन जुग्जाली

हालसम्म बेपत्ता रहेका व्यक्तिहरुको बिबरण
म्याग्दी मालिका गापा–७ विम बस्ने एलिसा केसी
मालिका गापा–६ की। गिता रोका
धवलागिरी गापा –६ कल्लेनी जनिमा केसी, सविन पुन

Note: कभर तस्वीरका घाईते पूर्ण बहादुर नेपालीलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

Leave a Reply