धवलागिरी गाउँपालिका-६, मराङकी एक गर्भवती महिलाको पहिरोमा परेर कम्मरको चारवटा हड्डी भाँचिएको कारण २२ बर्षिया मन्जिता सिर्पालीको शुक्रबार विहानैदेखि स्वास्थ्य अवस्था बिग्रदै गएको थियो । ९ बर्षिया छोरा सफल सिर्पाली र आमा समेत पहिरोमा परेर चोट लागेको थियो ।

पेटमा हुर्किरहेको भ्रुणको चिन्ताले सताईरहेको मन्जितालाई उद्धारको प्रयास सफल हुन सकेन । गर्भवती अवस्थामा परिवारको रेखदेखमा बस्नुपर्ने अवस्थामा पहिरोमा परेर घाईते अवस्थाको छोरा र आमालाई समेत देखेर उनी भक्कानिरहेकी थिईन् ।

कम्मरमा निकै पीडा भएको केही समयमै मन्जिताको पिसाब रोकियो । पहिरोले तहसनहस भएको बस्ती आसपासका क्षेत्रमा उनलाई उद्धारको प्रयासको सम्भावना न्यून थियो । मराङ गाउँ नै पहिरोले छियाछिया भइरहेको अवस्थामा मञ्जलीलाई तत्कालै बेनी अस्पतालमा ल्याउन प्रतिकुल मौसमले साथ दिएका थिएन् ।

पहिरोबाट जोगिएपनि थप उपचारका लागी उद्धारको पखाईमा रहेकी उनलाई शुक्रबार दिउँसो नै आफ्नो निजी खर्चमा प्रभु हेलिकप्टरको ब्यवस्थापन गरेका ओमकुमारी शान्ति कोषका अध्यक्ष एवम् म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्य, जिसी ग्रुपका सञ्चालक एवम् म्याग्दी निर्माण ब्यवसायी संघका अध्यक्ष नारायण जिसीले शु्क्रबार मौसमले साथ नदिएपछि शनिबार विहानै सिर्पालीलाई प्रभु हेलिकप्टरबाट उद्धार गरी बेनी अस्पतालमा ल्याइयो । मञ्जीला, उनका छोरा सफल र आमालाई हेलिकप्टरमार्फत बेनी अस्पतालमा ल्याइयो । बेनी अस्पतालमा डा. नवराज बस्ताकोटीले तत्कालै आवश्यक उपचारमा सक्रिय भएर १ लिटर पिसाव निकालेपछि उनलाई थप आवश्यक प्राथमिक उपचार गरियो । कम्मरमा चोट लागेका कारण गर्भ गुमिसेको अवस्थामा चिकित्सकले थप हौसला दिदैं समस्यालाई लुकाईदिए। सरकारी बजेटमा उद्धारका लागि आएको नेपाली सेनाको हेलिकप्टर पटकपटक मौसमका कारण फर्किएर आउन थालेपछि तत्कालै प्रभु हेलिकप्टरको टोलीसँग छलफल गरी आवश्यक खर्च गरिएको निर्माण ब्यवसायी संघका अध्यक्ष नारायण जिसीले बताए ।जिल्लाभित्र विपद्मा समस्यालाई मध्यनजर गरी करिब ५ लाख खर्च गरिएको अर्का सहयोगी राजेश शाक्यले बताए । ‘एकैदिनमा धेरैलाई उद्धार गर्न सफल भएका छौ,‘विपद्मा जहाँबाट सकिन्छ त्यही गर्ने हो’ शाक्यले भने । उनले शनिबार र आइतबार गरी दुई दिन गृहमन्त्रालयबाट अनुमति लिइएको बताए । प्रभु हेलिबाट प्रतिनिधि सभाका सदस्य भुपेन्द्र बहादुर थापा, संविधानसभाका सदस्य नवराज शर्मा, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रनाउ किरणजंग कुँवर घटनास्थलमा पुगेका थिए । सोही क्रममा तत्काल आवश्यक पर्ने खाद्यान्न समेत जिसी र शाक्यले गरेका थिए । शनिबार गर्भवती महिला, उनका छोरा सहित जिसी र शाक्यले ताकमबाट थप उपचारका लागि बृद्धबृद्धा गरी ४ जना, मराङको कल्लेनीबाट ताकमको सिबाङ ४ जना, मराङदेखि ताकम १ जना बृद्धा मराङ सेवाराबाट राम्चे ४ जना, मराङ देखि बेनी ३ जना, बिमबाट बेनी १ जना र बेनीबाट थप उपचारका लागि पोखरा ४ जनालाई पठाइएको छ ।

Leave a Reply