म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङमा पहिरोमा ज्यान गुमाएका १९ जनाको आइतबार दाहसंस्कार गरिएको छ । गत शुुक्रबार राती बस्तीमाथिबाट खसेको पहिरोमा ज्यान गुमाएका १९ जनाको मराङको विभिन्न स्थानमा दाहसंस्कार गरिएको हो । पहिरोमा ज्यान गुमाएकाको एकल तथा सामुहिक दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बेनीअनलाइनलाई बताउनुभयो । ‘कानुनी प्रक्रिया पुरा गरी परिवार र आफन्तको जिम्मा लगाएका छौ,‘बेपत्ताको खोजीकार्य भइरहेको छ’ प्रनाउ कुँवरले भन्नुभयो ।

उहाँका अनुसार मराङमा पहिरोमा परेका मध्ये १९ जनाको शब भेटिएको छ भने २ जना अझै बेपत्ता छन् ।प्राकृतिक विपत्तीले तहसनहस भएको मराङमा पहिरोमा पुरिएको अवस्थामा उद्धार गरि ल्याइएको शबलाई अन्तेष्टी गर्ने क्रममा सबै शोकमा डुवेका थिए । पहिरोमा परेर ज्यान गुमाएकाहरूको हृदयविदारक तस्वीरले सिंगो जिल्ला स्तब्ध भएको छ ।

सुतिरहेको अवस्थामा बस्ती माथिबाट खसेको पहिरोमा ज्यान गुमाएका दुई परिवारको ७ जनाको एउटै चिहानमा अन्तेष्टीको गरिएको थियो । मराङको राम्रो, रिख, कुम्री र कल्नेलीमा मृतकको शव अन्त्येष्टी गरिएको छ । त्यस्तै छिमेकी मालिका गाउँपालिका–७ बिममा समेत पहिरोमा ज्यान गुमाएकाको शब फेला परेपछि आवश्यक प्रक्रिया पुरा गरी ८ जनाको अन्तेष्टी सुरु गरिएको स्थानीय जनप्रतिनिधिको भनाई छ । शुक्रबारको पहिरोमा पुरिएकाको शनिबार शव निकालिएको थियो ।

Leave a Reply