कोरोना भाइरसको जोखिमसँगै सरकारले गएको बर्षको चैत्र महिनाको दोस्रोसाता देखि गरेको लकडाउनले बस ग्यारेजमै थन्किएपछि परिवारसँगै दिन विताइरहेका छन् रुद्ध प्रसाद अधिकारी । म्याग्दी कोरला यातायात प्रालिद्धार सञ्चालित बसका चालक रहेका अधिकारीले करिब चार महिना बसको स्टेरिङ छोएका छैनन् । यातायात ब्यवसायसँगै सामाजिक र मानवीय सेवामा समेत रुची रहेका अधिकारीले आइतबार प्रशिद्ध धार्मिकस्थल गलेश्वर आश्रममा रहेका ५० ज्येष्ठ नागरिकलाई विहनको भोजन गराए, गलेश्वरको पारीको राम मन्दिर गायत्री मन्दिरमा समेत पुगेर खाद्यान्न सहयोग गरे । त्यस लगत्तै बेनीको बालगृहमा बालबालिका र बागलुङकाृ मानवसेवा आश्रममा करिब एक सातासम्म पुग्ने खाद्यान्न सहयोग गरे । एकैदिन करिब आधादर्जन संघसंस्थामा पुगेर सहयोग गरेका अधिकारीले मानवीय सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउँछन् ।

‘जहाँ आवश्यकता छ, त्यही सहयोग गनुर्् नै धर्म हो,‘मैले यस्तै कार्यलाई भविस्यमा पनि निरन्तरता दिन्छु’ अधिकारीले भने । उनले आफ्नो कमाईको धेरै सहयोगमै खर्च हुने बताउँदै परिवारका सदस्य समेत सोही कार्यबाट खुसी रहेको बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा अन्य सहभागीले समेत उनको सहयोगी मनप्रति उच्च सम्मान रहेको बताएका थिए । काठमाण्डौ घर भएका अधिकारी करिब ५ बर्षदेखि म्याग्दीकै बस्ने गरेका छन् । यसैबीच सहयोग हस्तान्तरणको क्रममा गलेश्वर, बालमन्दिर र मानसेवा आश्रमका समितिबाट अधिकारीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply