अनिदो र खाना समेत नखाई पोखरा आइपुगेकी धवलागिरी–६ मराङकी ४६ बर्षीय राजमति सिर्पालीले आँखामा अझै झलझली पहिरो घरमै बज्रिएजस्तै लाग्छ । पोखराको मणिपाल शिक्षण अस्पतालको आँगनमायता– उता गरिरहन्छिन् त कहिले अस्पतालको आकस्मिक कक्ष नजिकैको बेडमा गएर पल्टिरहेको देखिने सिर्पालीलाई अस्पतालमै उपचारका लागी पुगेका कान्छा सफलले पछइरहेको हुन्छ।

पहिरोमा परेर जोगिएका सफल अस्पतालमा सामान्यउपचार पश्चात डिस्चार्ज भइसकेका छन् । तर सफलले अस्पताल बाहिर निस्कँदाहोस्, या भित्र बेडमा पल्टिदा ‘दुख्यो’ भन्न छाडेका छैनन् । बिहिबार रातीदेखि परिरहेको अबिरल बर्षाले धौलागिरीलाई स्तब्धपारेको छ ।

शुक्रबार बिहान करिब ५ बजेदेखि पहिरो जानथालेको मराङ गाउँमाअहिले पनिझरी नरोकिँदापहिरो जाने रोकिएको छैन । राजमतिको घरमाझरेको पहिरो अरु ठाउँकोभन्दा सानो थियो । उनीशुक्रबार बिहानपहिरो जानुअघि नै उठिसकेकी थिइन् । त्यतिबेलाउनी घर बाहिर थिइन् ।खोला–नाला कराउनथाल्यो, छुट्टै आवाज आउनथाल्यो ।

‘बिहानै आवाज आएपछि लौ न पहिरो जानलाग्यो, कता के भयो, राजमतिले त्यो क्षण संझदै भनिन्, एक्कासी टिनमा ढुङ्गाआयो, ओइ, के भयो भनेर छोराबुहारीलाई उठाउन खोजेको त पहिरो आएको रैछ । घरमा एउटा कोठामा जेठा छोरा, बुहारी र परिवार थियो भने अर्कोमा साइला छोरा बुहारी थिए । ९ जनाको परिवार रहेको घरमा गाडीका सहचालकपनि सुतेका थिए । पहिरो गएपछि सहचालक उठेर कान्छा छोरा सफललाई उद्धार गरिदिएका थिए ।

पहिरोमा परेर साइला छोरा– बुहारी घाइते भएका छन् ।साइली बुहारी र कान्छा छोरालाई लिएर राजमति हेलिकप्टर मार्फत पोखरा आएकी थिइन् । साइलीबुहारी मञ्जिता सिर्पाली करिब ६ महिनाको गर्भवती छिन् । पहिरोमा परेर मञ्जिताका एक हर खुट्टाचलेको छैन भने कोखा र शरीरका अन्य भागमा पनि चोट लागेको छ ।
घटना पश्चात मञ्जिताको पिसाब रोकिएको थियो ।

हेलिकप्टर मार्फत बेनी अस्पताल म्याग्दीमा राखेर उनको पिसाब निकालिएको थियो । त्यसपछि उनलाई पोखरा ल्याइएको उनका परिवारले बताएका छन् । मणिपाल अस्पतालका चिकित्सकले मञ्जिताको उपचार गर्न अप्रेसन गर्नुपर्ने बताएको उनकादाजुजनक सुनारले बताए । मञ्जिताले राजमतिका साइला छोरा दीपक सिर्पालीसँग प्रेम विवाह गरेकी थिइन् ।

पहिरोपछि गाउँमा बिजुलीको लाइन काटिएको छ । पहिरोले बिजुलीक ापोलहरु ढलेका छन् भने कतिपय बगेका छन् । गाउँमा फोन गर्दा ‘आशा मारिदिनु’भन्ने जवाफआएको जनकले बताए । बिजुली नभएपछि मोबाइलचार्ज गर्न नपाएर अहिले गाउँमाफोन सम्पर्क हुन सकेको छैन ।

राजमतिको पीडा भने धौलागिरी जत्तिकै उच्चछ । उनको पीडाको सिमापहिरोले घर भत्किनु र छोरा बुहारी घाइते हुनुमामात्रसिमित छैन ।त्यहीपहिरोले राजमतिका जेठा छोरा, बुहारी, नाति, नातिनीगुमाउनुप¥यो । यस्तै, जेठी छोरी र नातिनातिनी उनले गुमाउन पुगेकी छिन् । एउटै घटनाले परिवारको ८ जना सदस्य गुमाउनुपरेको पीडा राजमतिको अनुहारमा छरपष्ट देखिन्छ ।

पहिरोमा परेर राजमतिले जेठा छोरा मनबहादुर सिर्पाली, जेठी बुहारी कमला सिर्पाली, नातिनी सुरक्षासिर्पालीर नाती सुरज सिर्पालीलाई गुमाएकी छिन् । घरतलविवाह गरेर गएकीजेठी छोरी सुकुनालामगादे, नातिआशिषलामगादे, आयुषलामगादे र नातिनि आयुषा लामगादेले पनि त्यही पहिरोमा ज्यान गुमाए ।

राजमतिका जेठाज्वाई भने रोजगारीका क्रममा गतबर्ष खाडीमा गएका छन् । ‘छोरा, बुहारीले हलचल केही गरेनन्, आवाज पनि आएन, राजमतिले भनिन्, भित्रबाट चुकुललगाएकाले मैले दैलो खोल्न पनि सकिन पहिरोले च्याप्यो, क¥याप–कुरुप पारिदियो ।’

छोरा र बुहारीलाई बोलाएको–बोलायै गर्दा पनि आवाज नै नआएको उनले बताइन् ।घटना पश्चात राजमति पनि गाउँलेसँगै गाउँ माथिको आमा समुहको भवनमा गएर बसिन्। भवनमा गाउँलेले खाना–पानीको बेवस्था गरेका छन् । तर शुक्रबार बिहानै घटना भएदेखि राजमतिले न त खानाखाएकी छिन्, न त निन्द्रा नै परेको छ ।

‘मेरा नानीहरुले त बिस्कुट खाए, मैले त पानीबाहेक केहीखाएको छैन, राजमतिले भने, यस्तो बेला कसरी सकिन्छ र ।’शुक्रबार बिहानैदेखिको पहिरोले मृत्यु भएका र घाइतेको उद्धार शनिबार दिउँसो मात्रभएको थियो । पहिरोमा फँसेकागाउँलेहरुको अझै उद्धार भइसकेको छैन ।

हराइरहेकानागरिकको खोजीअहिले पनि जारी रहेको म्याग्दी प्रशासनले जनाएको छ । आमा समुहको भवनमा नआटाएका मानिसहरु बाहिर त्रिपाल टाँगेर बसेका छन् ।

गाउँमाशुक्रबार बिहानैदेखि रुवाबासीचलेको राजमतिले बताइन् । गाउँजाने बाटो अवरुद्ध भएको छ । उद्धारका लागि शुक्रबार नेपाली सेनाको हेलिकप्टर बेनीबजार गएर बसेपनि मराङ गाउँमाओर्लन सकेन । यो २४ घण्टा भन्दा बढी समयसम्मको रुवाबासीमाआँशु पुछ्न राज्यकाकुनै निकायपुग्न सकेन ।

आमा समुहको भवनमाबुहारी र नातिनातिना गुमाएकी सम्धिनीसँग राजमतिको भेट भएको थियो । सम्धिनी पनि बिजोग अवस्थामा रहेको उनले बताइन् । ‘छोरीको मुख देख्न पनिपाइन, राजमातिले आँशु पुछ्दै भनिन्, सम्धिनी रोएर बिजोग हुनुभको छ ।’

पहिरोले गाउँका घरहरु मात्रहोइन, स्वास्थ्य चौकी, विद्यालयलगायत सार्वजनिकभवनहरु प्निजोखिममा रहेको उनले बताइन् । ‘जोगिएको भनेकै आमा समुहको भवनहो, उनले भनिन्, अरु त सबै थिलोथिलो छ ।’गाउँमा बस्दा यस्तो डर कहिल्यै नलागेको राजमतिले बताइन् ।

‘पहिरो आएपछि त थरथर जीउ काँप्छ, अब कसरी जाने हो, उनले भनिन्, मलाई एकैचोटी यो कस्तो आपत् आइलाग्यो ।’ राजमतिका साइला छोरा बेनी अस्पतालमा उपचार गराइरहेका छन् । सम्पर्क गर्न छोरासँगयतिबेला मोबाइल छैन । सम्पर्क गर्न सकेकी छैनन् । हेलिकप्टर चढेर बेनीहुँदै पोखरा आउँदा राजमतिले तलजमिनतिर हेरिन् ।

‘गाउँतल ठुलो डरलाग्ने भिरमा पनिपहिरो, गाउँमाथिपनिपहिरो गएको रहेछ, उनले भनिन्, हेलिकप्टरबाट तल फर्केर हेरेको त पुलपनिबगाएको रैछ, अरुका घर पनिपहिरोले पुरेका रहेछन् । जिल्ला म्याग्दीमा मात्र अहिले सम्म पहिरोमा परेका २८ जनाको शव फेला परेको म्याग्दीका प्रमुख जिल्लाअधिकारी ज्ञाननाथ ढकालले बताए। उनका अनुसार ३ जना अझै हराइरहेका छन् । १२ जना घाइते भएका छन् ।

यस्तै, मलिकागाउँपालिकाको बिम र रघुगंगा गाउँपालिकाको ठाडाखानी लगायतका ठाउँमा पनि बाढी र पहिरोले जनधनको क्षेती भएको छ । जसमध्ये सबैभन्दा धेरै मराङ गाउँमामात्रै पहिरोमा परेर कम्तिमा१८जनाको ज्यानगइसकेको छ भने केही घाइते छन् । गाउँको चारैतिर पहिरोगएकाले गाउँलेहरु गाउँबाहिर जान सकेका छैनन्, गाउँबाहिरका मानिस पनिमराङ गाउँ छिर्न सकेका छैनन् । सेतोपाटीका यूवराज श्रेष्ठको सहयोगमा

Leave a Reply