परम्परादेखि चलिआएको भजन लोप हुन थालेपछि धौलागिरी क्षेत्रमै लोकप्रिय हांस्यब्यङ्ग रबी कार्कीले ‘धुप दिप आरती’ बजारमा ल्याएका छन् । हांस्यब्यङ्ग र लोकसंगीतमा मोफसलमा आफ्नो परिचय स्थापित गर्न सफल भएका कार्कीले धौलागिरी क्षेत्रमा घन्किने मौलिक संस्कृतिमा आधारित भजन आफ्नै जन्मदिनको अवसरमा बजारमा ल्याएनुभएको हो ।

पाश्यात्य संस्कृतिको अतिक्रमणबाट नेपालको मौलिक संस्कृति लोभ हुन थालेपछि भजनलाई प्राथमिकता दिएर बजारमा ल्याएको कार्कीको भनाई छ ।

विश्वकै मौलिक कला र संस्कृतिको रुपमा चिनिने भजनका बारेमा नयाँ पुस्ताको रुची नै नभएपछि आफ्नो प्रयासमा दोस्रो भजन प्रस्तुती बजारमा ल्याएको बताउँदै यूटुवमा सार्वजनिक भएको एकैदिनमा राम्रो प्रतिक्रिया प्राप्त गरेको कार्कीले बताउनुभयो । ‘मैले सुझाव अनुसार थप अर्को भजन बजारमा ल्याउनु छु’ कार्कीले भन्नुभयो ।

आफ्नै लयशब्द र स्वरमा ज्योती लोहनी, अमृत विश्वकर्माले सघाउनुभएको छ । बेनीको कृयटिभ मिडिया प्रालिले सम्पादन गरेको म्यूजिक भिडियोको छांयाकन गाउँमा गरिएको थियो ।

धौलागिरी नाट्य समुहका अध्यक्ष कार्कीले बेनीबजार झर मायालु, पञ्चेबाजा, जाम सुस्तै दोहोरी, सयौं जुनी पञ्चेबाजाले समेत लोकप्रियता कमाएको थियो । गीतसंगीतसँगै कार्कीले सामाजिक तथा मानवीय सेवामा समेत सहयोग गर्ने गर्नुभएको छ ।

Leave a Reply