म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको मालिका गाउँपालिका–७, बिमका २६ बर्षिय यूवामा कोरोना पोजेटिभ देखिएको हो । रोजगारको सिलसिलामा कुवेतबाट फर्किएका यूवा माउण्ट एभरेष्ट आवासीय माविको हिलसाईटको क्वारेन्टाइनमा बसेका थिए ।

असार २५ गते पिसिआरका लागि नमुना संकलन पोखरा पठाइएकोमा सोमबार पोजेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो ।

यो सँगै म्याग्दीमा कोरोना संक्रमित हुनेको संख्या २५ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या १६ जना रहेका छन् । संक्रमित यूवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । थप उपचारका लागि बेनी स्थित आइसोलेसनमा सारिएको छ ।

Leave a Reply