आगोले पोलेर गम्भीर घाईते भएका एक बृद्धा उपचारको अभावमा घरमै छटपटाइरहेका छन् । जिल्लाको धवलागिरी गाउँपालिका–७ ताकमका तम बहादुर खत्रीको ताकम स्वास्थ्य चौकीमा उपचार भएपनि थप उपचार हुन नसक्दा घरमै अलपत्र परेको स्थानीय यूवा गोपाल आचार्यले बताउनुभयो ।

‘आर्थिक अवस्था कमजोर छ,‘उपचारका लागि बेनीसम्म लैजाने सडक अवरुद्ध छ’ आचार्यले भन्नुभयो । उहाँका अनुसार सुस्तमनस्थितीका बृद्धको आर्थिक अवस्था समेत कमजोर भएकाले थप उपचारमा हेलिकप्टरको प्रयोगको सम्भावना नदेखिएपछि घरकै आगनमा सुतिरहेको बताउनुभयो ।

बृद्धको छालाको बाहिरी तहलाई मात्र असर गर्ने गरी पोलेको स्वास्थ्यकर्मीको भनाई छ । पश्चिम म्याग्दीको दरबाङ हुदै ताकम जोड्ने सडक नै अवरुद्ध भएकाले स्थानीयले थप उपचारका लागि बैकल्पिक उपायको खोजीमा जुटेका छन् ।

आगोले पोलेर शरीरका विभिन्न भागमा फोका उठेको छ । शरीरका विभिन्न भागमा पोलेपछि गम्भीर अवस्थामा रहेका बृद्धको उपचारका लागि तत्काल पोखरासम्म लैजानुपर्ने अवस्था रहेको स्थानीयको भनाई छ। उपचार तथा तत्काल उद्धारका लागि स्थानीयले अपिल समेत गरेका छन् ।

Leave a Reply