अविरल वर्षासँगै आएको पहिरोले मालिका गाउँपालिका–७,बिमको अवस्था अस्तव्यस्त बनेको थियो । पहिरोमा बेपत्ता भएको खोजीकार्यमा जुट्ने अवस्था नै थिएन् । छिमेकी धवलागिरी गाउँपालिका–६ मराङका विभिन्न बस्तीहरूमा समेत बेपत्ताको शुक्रबार नै उद्धारको सम्भावना भएन् । पहिरोको सूचना पाएलगत्तै प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माको नेतृत्वमा प्रहरीको टोली बिम तर्फ प्रस्थान गर्यो । बेनीबाट पश्चिम म्याग्दीको दरबाङ नै पुग्न प्रहरीको टोलीलाई हम्मेहम्मे भयो ।दर्जनौ ठाउँमा अवरुद्ध भएको सडकमा जोखिम मोल्दै प्रहरीको टोली बिमसम्म पुग्न धेरै जंगलहरुमा डोरीको सहायता लिनुपर्यो । प्रहरी गाउँमा पुगेपछि तत्कालै उद्धारमा खटिए । घटनास्थलमा बेपत्ता भएका ८ जनाको शब निकालेर प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी आफन्तको जिम्मा लगायो । ‘बिमसम्म पुग्नै धेरै समस्या झेल्नुपर्यो, हामीले जंगलमा डोरीको सहयोगमा त्यहाँसम्म पुगेर फर्कियौं’ प्रहरी निरिक्षक शर्माले बेनीअनलाइनलाई भन्नुभयो ।
उहाँका अनुसार घटनास्थलमा एकै परिवारको शब निकाल्द आसँु झरेको बताउँदै थप शब निकाल्दा मन नै छियाछिया भएजस्तै भएको बताउनुभयो । त्यस्तै छिमेकी धवलागिरीको मराङमा समेत प्रहरीले नेपाली सेना, शसस्त्र प्रहरीको सहयोगमा उद्धारमा सक्रिय भएको थियो । उद्धार गरी सुरक्षित स्थानमा सार्ने, प्रहरीसँगै सँगै नेपाली सेना पनि तैनाथ रहेका थिए ।
पहिरोबाट बाँच्छु भन्ने आशा मरिसकेकाहरुलाई उद्धार गरी सुरक्षित ठाउँमा ल्याउन समुदायसँगै प्रहरीले जोखिम मोलेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो । ‘विपत्तिमा हाम्रो चिन्ता भनेको आफ्नो होइन, भएको स्रोत साधनको उपयोग गरेर जुनसुकै जोखिम लिएर भने पनि मानिसको जीवन जोगाउनु हो,‘अझैपनि समुदायसँगै जोखिम मोलेर उद्धार र पुर्नस्थापनमा जुटेका छौ’ प्रनाउ कुँवरले भन्नुभयो ।
उद्धारपछि पटकपटक सुरक्षाकर्मीलाई धन्यवाद प्रकट समेत भएको भन्दै समुदायलाई आगामी दिनमा स्थानान्तर गरेपछि पनि प्रहरीले पुर्नस्थापनमा सघाउने बताउनुभयो । घरसँगै पुरिएकालाई स्थानीय उपलब्ध साधनस्रोतको प्रयोग गरी उद्धार गर्ने प्रहरीसँगविशेष उपकरण नभए पनि समुदायसँग मिलेर उद्धारका कार्यलाई जारी राखेको प्रहरीको भनाई छ ।
सुरक्षाकर्मी सहित स्थानीय जनप्रतिनिधि, समुदाय पहिरोस्थलमा अहोरात्र खटेर जीवित उद्धारका साथै घरभित्रै पुरिएर मृत्यु भएकाको शव निकाल्ने र पीडितको राहत तथा पुनःस्थापनाका लागि अतुलनीय सहयोग जारी राखेका छन् । गत शुक्रबार गएको बाढीपहिरोमा परेर म्याग्दीमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परेर बेपत्तामध्ये आज थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या २८ पुगेको छ ।