पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङमा शुक्रबार राति साढे २ बजे डरलाग्दो पहिरो खस्यो । भिरालो जमिनमा रहेको बस्ती पहिरोसँगै बग्न थालेपछि बस्तीबाट भागभाग भयो । दिनभरी मेलापातमा विताएर फर्किएका सबैजसो घरभित्र मस्त निन्द्रामा थिए । जमिन नै धाँजा फाटेर चिराचिरा भयो । पहिरोसमेत खस्न थालेपछि गाउँलेको भागदौड मच्चियो ।

भिषण बर्षासँगै एकैपटक वडाभित्रका विभिन्न बस्ती पहिरोसँगै बगेपछि केहीघण्टामै काक्रो चिरे जस्तै चिराचिरा प¥र्यो । विगतमा पहिरोको जोखिमको संकेत नदेखिएका बस्ती माथिबाट धमाधम पहिरो खस्न थालेपछि भाग्न नसक्ने र मस्त निन्द्रामा रहेकालाई पहिरोले बगाएको छ । एउटै वडामा करिब आधादर्जन बस्तीहरू एकैपटक पहिरोका चपेटामा परेपछि पहिरोबाट भागेर ज्यान जोगाएकालाई नजिकैको स्कुलमा राखिएको छ ।

सडकमार्ग हुदै जाने बाटो नहुदाँ प्रयाप्त राहत साम्रागी पुग्न सकेको छैन् । बस्तीसम्म पुग्ने सबै पैदलमार्गहरू पुरिएको अवस्थामा प्रतिकुल मौसमका कारण हवाईबाट समेत उद्धारमा कठिनाई भएपछि शनिबार दिउँसो प्रहरीको एक टोली घटनास्थलमा पुगेको थियो ।

एउटा बस्तीमा समस्या पर्दा अर्को बस्तीका जनताले साथ दिने गरेका मराङबासी एकैपटक पहिरोमा परेपछि उद्धार र खोजमा समेत निकै समस्या भोग्नुपर्यो । एक बस्तीबाट अर्को बस्तीसम्मा जाने सयौंबर्ष पुराना पैदलमार्गहरू पहिरोमा मिसिएपछि एक बस्तीबाट अर्को बस्तीमा फसेकाहरू टुलुटुलु हेर्न बाध्य भए । मराङबासीले भिषण बर्षामा भोकभोकै खुल्ला आकाशमा रात काट्न बाध्य भए । पहिरोबाट जोगिएर भाग्ने क्रममा शरीरमा लागेको आलो घाउको समयमै उपचार गर्न पाएनन् ।

बस्ती नै भिणण पहिरोमा परिणत भयो । शनिबार विहान प्रतिनिधिसभा सदस्य भपेन्द्रबहादुर थापा, संविधानसभा सदस्य नवराज शर्मा, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरिक्षक किरणजंग कुँवर, नेकपाका सचिव हरिकृष्ण श्रेष्ठ सहितको टोली पुग्ना स्थानीयको आँखामा बरर..आँसु झादैं बस्तीको अवस्थालाई देखाएका थिए । हेलिकप्टरबाटै हेर्दा बस्ती छियाछिया भएको छ । स्थानीयको अनुहार मलिन देखिन्छ । मृतकका शब दाहसंस्कार गरिएको छ । गाउँले तितरवितर भएका छन् ।

करिब ३० घण्टासम्म मुखमा पानीसम्म हाल्न नपाएका स्थानीयको अवस्थालाई शब्दमा बयान गर्ने अवस्था देखिदैन् । सुन्दर तथा ग्रामिण बस्तीहरू पहिरोले कुरूप बनेका छन् । मराङको राम्चे, दमका, कुम्री, घन्टिबाङ, बुल, कल्लेनी लगायतका बस्तीहरू पहिरोका कारण खाली नै गराउनुपर्ने अवस्थामा पुगेको वडा अध्यक्ष राजाराम सुबेदीको भनाई छ । ‘जोखिमका बस्ती खाली नै गराउनुपर्छ,‘गाउँलाई बर्खाअघि नै स्थानान्तरण गरिनुपर्छ’ सुबेदीले भने ।

उनका अनुसार बस्तीमाथिबाट खसेको पहिरोबाट विस्थापितलाई नयाँ र सुरक्षित स्थानको आवश्यकता रहेको उनले बताए । ‘जमिन धाँजाधँजा परेको छ, पहिरोले गाउँ छोड्न बाध्य भएका छौ,घरसँगै रहेको जमिनको हालत पनि उस्तै भएपछि उठिबास लाग्यो’ उनले भने । स्थानीय पहिरो पीडितले राज्यबाट हुने सहयोगमा कुनै कमी हुन नदिन अपिल समेत गरेका छन् । पुर्खाले जोडेको जमिनमा बनेको घरसँगै आफ्नै आँखा अगाडी बगेकालाई देखेर त्यहाँ बस्ने अवस्था नभएको जिवित स्थानीयको भनाई छ।

पहिरोस्थलको अवस्था हेर्दा हरेक बर्ष नियमित जस्तै पहिरो जाने भन्दै सुरक्षित जमिनमा स्थानान्तरण गरिदिन अनुरोध समेत गरेका छन् । मराङका विभिन्न बस्तीमा पहिरोमा २२ जना बेपत्ता भएकोमा ११ जनाको शब भेटिएको छ भने ११ जना अझै बेपत्ता छन् । धवलागिरी भित्रका विभिन्न बस्तीमा बाढीपहिरोमा परेर ५ सय ९० जनालाई बस्तीबाट हटाइएको छ ।

त्यस्तै छिमेकी मालिका गाउँपालिका–७ बिमको अवस्था पनि उस्तै छ । बस्ती पहिरोसँगै बगेपछि ८ जना बेपत्ता भएकोमा ७ जनाको शब भेटिएको छ भने १ अझै हराइरहेका छन् । भने मालिका–७ बिममा १ सय ५० जना पहिरोको उच्च जोखिममा छन्। जिल्लाका विभिन्न स्थान बस्ती माथि र तलबाट जाने पहिरोको उच्च जोखिममा रहेका छन् ।

त्यस्ता बस्ती पहिरोको जोखिममा रहेको भन्दै तत्काल स्थानान्तरण गर्न सुझाव दिइने गरिएपनि अधिकांस निम्न बर्गका छन् । उनीहरुको बाँच्ने आधार र सम्पति भनेकै पहाडका भएका जग्गा र वस्तुभाउ भएकाले जोखिम मोलेरै जीवन बिताइरहेका छन् । भिरालो जग्गा छाडेर समथर जग्गामा बसोबासका लागि सर्ने क्रम रहेपनि विपन्नलाई बस्ती मै बस्नुपर्ने बाध्यता छ । मुख्य नदीको कटान बाहेक पनि म्याग्दीमा खहरेको अप्रत्यासित कटान, पहिरोले विस्थापितहरुले कष्टकर जिवन विताउनुपर्ने अवस्था छ । भिरालो जमिनमा रहेको वस्तीका बासिन्दा यस्ता कनेकन चुनौती भोग्न बाध्य छन् ।

 

Leave a Reply