म्याग्दीको धवलागिरी गाउँपालिका–६, राम्चे गाउँकी ४६ बर्षिया राजमति सिर्पालीको विवाह गरेर गएकी छोरीको घर नजिकै थियो । आफ्नै कोखबाट जन्म दिएको छोरी सुकना लामगदे र आँखाका नानी समान नातिनातिनालाई दैनिकजसो देख्दा निकै हर्षित हुन्थिन् ।

राजमतिलाई कहिल्यै छोराछोरी, नातिनातिनाको अतेर लागेन् । आफ्नै घरको पिँडीबाट चर्को स्वरमा बोल्दा छोरीको घरमा आवाज पुग्थ्यो । निम्न आर्थिक अवस्था भएपनि राजमतिले घरायसी, कृषि खेतीबाट जीवन निर्वाह गरिरहेकी थिईन् ।

गएको शुक्रबार बस्ती नजिकै रहेको नापरुखबाट पहिरो खसेर घर पुरिएपछि राजमतिले एकै सेकेण्डमा परिवारका ८ सन्तान गुमाईन् । दैनिकजसो घरआँगनमा आएर खोल्ने नातिनातिनासँगै छोरा छोरीलाई गुमाएकी राजमतिको आँखामा आसँु अझै थामिएको छैन् । पहिरोमा राजमतिले २६ बर्षिया छोरी सुकना लामगादे, ७ बर्षिया नाति आशिस,४ बर्षिया आयुष र ३ बर्षिया नातिनी आयुषालाई छोरीसँगै गुमाईन् ।

त्यस्तै २४ छोरा बर्षिया मन बहादुर श्रीपाली, २३ बर्षिया बुहारी कमला श्रीपाली, ७ बर्षिया नातिनी सुरक्षा र २ बर्षिय नाति सुरज श्रीपालीलाई समेत आँखा अगाडी पहिरोले पुरेको देखिन् ।

मध्यरातमा एक्कासी खसेको पहिरोमा ८ सन्तान गुमाएकी राजमतिले घाईते अवस्थामै गर्भवती बुहारी मञ्जिता सिर्पाली गम्भीर घाईते भएपछि उपचारको क्रममा पोखरा मणिपाल अस्पतालमा छिन् । मञ्जिता करिब ६ महिनाको गर्भवती छिन् । पहिरोमा परेर मञ्जिताका एक हर खुट्टाचलेको छैन भने कोखा र शरीरका अन्य भागमा पनि चोट लागेको छ ।

घटना पश्चात मञ्जिताको पिसाब रोकिएपछि म्याग्दीका समाजसेवी राजेश शाक्य र नारायण जिसीको निजी लगानीमा प्रभु हेलिकप्टरबाट उद्धार गरी बेनी अस्पताल हुदै पोखरा पु¥याइएको थियो । मञ्जिताले राजमतिका साइला छोरा दीपक सिर्पालीसँग प्रेम विवाह गरेकी थिइन् । पहिरोमा ज्यान गुमाएकी सुकनाको श्रीमान साउदी अरबमा छन् ।

पहिरोले एकै सेकेन्डमा परिवारको अधिकांस सदस्यलाई गुमाएकी राजमतिले छोराछोरी, बुहारी र नातिनातिनीको सट्टा आफ्नो ज्यान लिनुपर्ने भन्दै मुड्की बजार्दै भगवानले पनि पक्षपात गरेकोमा मुर्छित नहोउन्जेलसम्म बिलौना गरे । ’आँसु थाम्ने शक्ति मैले पाएको छैन्,’लुकाउन खोज्छु छोरीको अवस्था देखेर एकैछिनमा आँसु बगिहाल्छ’ उनले भनिन् ।

मृत्युलाई समेत नचिनेका नातिनातिनीले समेत ज्यान गुमाउनुपरेको भन्दै भगवानले आफ्नो परिवारलाई धोका दिएको बताईन् ।‘दुईबर्ष अगाडी श्रीमानलाई गुमाए, अहिले परिवारका धेरै सन्तानलाई दैवले खोसे’राजमतिले भनिन् । गम्भीर बिरामी भएका राजमतीका श्रीमान नरबहादुरको मणिपाल अस्पताल पोखरामै उपचारको क्रममा मृत्यु भएको थियो ।

‘छोराछोरीका लागि धेरै सपना बुनेको थिए, ‘मेरो खुसीलाई भगवानले खोसे’ राजमतिले भनिन् । मणिपाल अस्पतालबाट डिस्चार्ज भएकी राजमतिले निष्ठुरी दैवसँग अब केही गुनासो नभएको बताईन् । ‘गरिबको घरमा भगवानको पनि बास हुन्न भन्थे,‘मेरो घरमा सधै दुख र पीडाको मात्रै बास भयो’ राजमतिले बिलौना गर्दै भनिन्।

गरिबको परिवारबाट कमाउने श्रीमान खासेको दुईबर्षमा छोराछोरी नै खासेको भन्दै उनले अबको दिन झन पीडामा वित्ने बताईन् । राजमतिको आँखामा आँसु थामिएका छैनन्। पहिरोमा जीवित छोरा खगिन, दिपक र सफललाई हेरेर चित्त बुझाउने उनले बताईन् । राम्चे गाउँमा तीन घर पुरिएको छ । सोही गाउँकी६ बर्षिया रेश्मा सुनारको समेत पहिरोमा मृत्यु भएको छ ।

जसले पहिरोमा परिवारका धेरै सदस्य गुमाए

शुक्रबार राती परेको अविरल बर्षा सँगै आएको पहिरोले धवलागिरी–६ रिखका भिमबहादु जुग्जालीले ५५ बर्षिया श्रीमति गौशरालाई मृत्यु भयो ।

घरमाथिबाट खसेको पहिरोमा जुग्जालीले बुहारी २० बर्षिया दिमा जुग्जाली, ४ बर्षिया नातिनी दिप्ती, १ बर्षिय नाति दिवानलाई पहिरोमै गुमाएका छन् । ढिस्को नै घरमा खसेपछि भिमबहादुरले ज्यान जोगाएपनि परिवारका चार सदस्यलाई आफ्नै अगाडी गुमाएका छन् ।

त्यस्तै सोही गाउँमा धनबहादुर जुग्जालीले ३३ बर्षिया श्रीमति हिरामति जुग्जाली, ७ बर्षिया छोरी करिश्मा र ५ बर्षिया कञ्जनलाई गुमाए । श्रीमति र छोरी गुमाएका धनबहादुरले जोगाउने अनेक प्रयास गरेपनि सफल हुन सकेनन् । मराङका विभिन्न चारवटा स्थानमा गएको पहिरोमा एकै परिवारका धेरैले ज्यान गुमाएका छन् । धवलागिरी–६ मा १९ जनाको शब भेटियो भने २ जना बेपत्ता अवस्थामा रहेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए ।

‘बेपत्ता दुईजनालाई म्याग्दी खोलामै मिसाएको अनुमान गरिएको छ,‘ पहिरो नजिकै ढुंगा खस्ने क्रम अझै रोकिएको छैन’ प्रनाउ कुँवरले भने ।

यता छिमेकी मालिका गाउँपालिका–७ बिममा पहिरोमा ज्यान गुमाएका ८ जना अधिकांस एकै घरभित्रका छन्। पहिरोमा ४० बर्षिया विष्णु पौडेल र उनकी ४ बर्षिया छोरी ईच्छा, ३५ बर्षिया गौदेवी नेपाली र ५ बर्षिय छोरा विशेष नेपाली रहेका छन् । गौमतीका श्रीमान पूर्णबहादुर गम्भीर घाईते अवस्थामा उद्धार गरिएको छ । त्यस्तै सोही गाउँका ३८ बर्षिया बिरबहादुर नेपाली, उनका श्रीमति २५ बर्षिया विष्णु नेपाली, ५ बर्षका छोरा सन्दिप र २ महिनाकी छोरी निशा नेपालीको ज्यान गएको छ ।

Leave a Reply