अविरल वर्षासँगै आएको पहिरोले विस्थापित भएका धवलागिरी गाउँपालिका–६, मराङका विभिन्न बस्तीमा रहेका पहिरो पीडितलाई मराङ समाज यूकेले हेलिकप्टर चार्टर गरी खाद्यान्न पुर्याएको छ ।पहिरोबाट विस्थापित भएको पाँचदिनपछि पीडितलाई करिब ३ लाख बराबरको खाद्यान्न साम्रागी हस्तान्तरण गरिएको अभियानमा संयोजक पदम गर्बुजाले बेनीअनलाइनलाई बताउनुभयो ।

‘तत्काल सानो सहयोग पठाएका छौ,‘खाद्यान्न साम्रागीलाई पहिलो प्राथमिकतामा राखेका थियौं’ संयोजक गर्बुजाले भन्नुभयो। उहाँका अनुसार सडकमार्गबाट खाद्यान्न साम्रागी पुर्याउन समस्या भएपछि प्रभु हेलिकप्टरबाट ५० बोरा चामल लगायत अन्य आवश्यक खाद्यान्न साम्रागी विस्थापितलाई हस्तान्तरण गरिएको संयोजक गर्बुजाले जानकारी दिनुभयो ।

खाद्यान्न साम्रागी ढुवानीका लागि निर्माण ब्यवसायी संघका अध्यक्ष एवम् निजी लगानीमा अलपत्रको उद्धारमा समेत खटिएका नारायण जिसीले संयोजना गर्नुभएको थियो ।

प्रतिकुल मौसमका कारण विहान उडान सम्भवन भएपछि दिउँसो मराङको राम्चे, अरवाङ र कल्लेनीबाट विस्थापित भएर सिवाङमा बस्दै आएकालाई तत्काल आवश्यक पर्ने खाद्यान्न साम्रागी सहित सावुन लगायत अन्य सरसफाईमा आवश्यक पर्ने साम्रागी समेत हस्तान्तरण गरिएको खाद्यान्न वितरण अभियानको जिल्लामा संयोजन गरेका जिसीले बताउनुभयो ।

साम्रागी हस्तान्तरणका लागि सहायक प्रमुख जिल्ला अधिकारी महेश सुबेदी, मराङका वडा अध्यक्ष राजाराम सु्बेदी लगायतको उपस्थिति रहेको थियो । अभियानमा मराङ समाज यूकेका फतबहादुर गर्बुजा, गंगादेबी गर्बुजा, पुर्ण गर्बुजा, हर्कु गर्बुजा राजु शेरचन, भिम शर्मा, रत्न पुन, योगेन्द्र क्षेत्री, प्रवेश केसी लगायतले सहयोग गर्नुभएको छ । मराङ समाजले पहिरोबाट विस्थापित भएकालाई राहत सहित पुर्नस्थापनाका अभियानमा समेत आवश्यक सहयोग गर्ने जनाएको छ ।

Leave a Reply