आगोले पोलेर गम्भीर घाईते भएर घरमै अलपत्र परेका एक बृद्धलाई थप उपचारका लागि हेलिकप्टरबाट बेनी अस्पतालमा ल्याइएको छ । उपचारको अभावमा घरमै छटपटाइरहेका धवलागिरी गाउँपालिका–७ ताकमका तम बहादुर खत्रीलाई मंगलबार नारायण जिसीको पहलमा गएको हेलिकप्टरले उद्धार गरेको स्थानीय स्थानीय यूवा गोपाल आचार्यले बताउनुभयो ।

‘उहाँलाई निजी खर्चमा हेलिकप्टरमार्फत उद्धार गरिएको छ,‘उद्धारमा सक्रिय सम्पूृर्णलाई धन्यवाद’ आचार्यले भन्नुभयो । आगोले शरीर जलेपछि ताकम स्वास्थ्य चौकीमा उपचार भएपनि थप उपचार हुन नसक्दा घरमै अलपत्र परेका थिए ।

सामान्य औषधी उपचारका लागि आर्थिक समेत नभएका बृद्धलाई बेनी अस्पतालमा आवश्यक औषधी उपचारमा समेत सघाउने उद्धारमा खटिनुभएका जिसीले बताउनुभयो । ‘निकै दयनीय अवस्था देखियो,‘उहाँलाई लिनैका लागि अर्मनमा खाद्यान्न छोडेर ताकम पुगियो’ जिसीले भन्नुभयो ।

सडक सञ्जाल अवरुद्ध भएपछि हेलिकप्टरबाटै उद्धार गर्नुपर्ने भएपनि आर्थिक अभाव लगायतका कारणले घरको आगनमै पल्टिरहेका बृद्धलाई उपचारमा सघाएपछि स्थानीयले समेत धन्यवाद दिएका छन् ।सुस्तमनस्थितीका बृद्धको उपचारमा कुनै कमी नहुने बेनी अस्पतालले जनाएको छ । बृद्धको छालाको बाहिरी तहलाई मात्र असर गर्ने गरी पोलेको छ । आगोले पोलेर शरीरका विभिन्न भागमा फोका उठेको छ ।

Leave a Reply