सुत्केरी र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै म्याग्दीको रघुगंगा गाउँपालिकाले संस्थागत सुत्केरीलाई अण्डा उपहार दिन सुरु गरेको छ । सुत्केरीलाई आवश्यक पर्ने पौष्टिक आहारको अभाव नहोस् भनेर वडास्तरमै पुगेर दुई क्यारेट अण्डा उपहार दिन थालिएको हो । घरभित्रको प्रसुती सेवालाई निरुत्साहित गदैं स्वास्थ्य संस्थामै प्रसुती सेवामा प्रोत्साहन गदैं गाउँपालिकाले सुरु गरेको ‘सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ अन्तरगत मंगलबार पाखापानी स्वास्थ्य चौकीमा आयोजित सुत्केरीहरुलाई पोषण परामर्श तथा २० सुत्केरीलाई अण्डा वितरण गरिएको स्वास्थ्य चौकीकी अनमी बिनु पुन राम्जालीले जानकारी दिनुभयो । स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला तिलिजाले महिलालाई सुत्केरी अवस्थामा जोखिम मोल्न नदिने तथा आवश्यक पोसिलो खानेकुरा वितरण गर्ने बताउनुभयो ।

सुत्केरी हुने वित्तिकै आवश्यक थप सहयोगको योजना बनाएका छौ,‘सुत्केरीलाई घरमै पोसिलो खानकुरा लगेर भेट्न वडास्तरबाटै कार्यक्रम बनाउन समेत उपाध्यक्ष तिलिजाले अनुरोध गर्नुभएको छ । त्यस्तै वडा नं ५ झिँ मा आयोजित कार्यक्रममा २२ जना सुत्केरी महिलालाई अण्डा वितरण गरिएको थियो । सुत्केरी महिलाले समेत आफ्नो समस्या र आवश्यकताका बारेमा जानकारी गराएका थिए ।

उपाध्यक्षको कोसेली कार्यक्रममा पोषिलो आहार, शिशुको स्याहार लगायतका बारेमा जानकारीस् समेत गराइएको थियो । संस्थागत सुत्केरीलालाई निरन्तरता तथा बढाउन उपाध्यक्षको कोसेली वितरण कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply