उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाको गुईठेभीरबाट ट्रिपर कालिगण्डकी नदीमा खसेको छ । अन्नपूर्ण गाउँपालिका–६ घारमा निर्माणधिन अवस्थामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको बा २ ख ३४२५ नंबरको ट्रिपरसँगै मंगला गाउँपालिका–५ छिस्वाङ घर भएका चालक २७ बर्ष ज्ञानबहादुर पुन बेपत्ता भएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो ।

ट्रिपर गुईठेबाट गिटीबालुवा बोकेर आयोजनातर्फ जादै गर्दा बेनी–जोमसोम सडकखण्ड अन्तरगत गुईठेभिरबाट कालिगण्डकीमा खसेको थियो ।  कालिगण्डकीमा ट्रिपरसँगै बेपत्ता भएका चालकको खोजीकार्यका लागि प्रहरीको टोली घटनास्थलमा पुगेपनि साँझमा समस्या भएको बताइएको छ ।

हिलाम्मे सडकका कारण उत्तरी क्षेत्रमा बर्खाको समयमा धेरै दुर्घटना हुने गरेको छ । बर्खायाममा साँझपख भिरबाट ढुंगा खस्ने भएकाले विगतमा साँझ–बिहान सवारीसाधन आवतजावतमा रोक लगाउने गरिएपनि यसबर्ष नियमित सञ्चालन भइरहेको छ।

Leave a Reply