म्याग्दीमा एकैपटक अहिलेसम्मकै धेरै जनाका कोरोना पोजेटिभ देखिएको छ । रोजगारको सिलसिलामा विभिन्न देशबाट फर्किएर थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनीको क्वारेन्टाइनमा बसेकामा कोराना देखिएको बताइएको छ ।

पिसिआरका लागि नमुना संकलन पोखरा पठाइएकोमा बुधबार पोजेटिभ पुष्टी भएपनि गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथामबाट विहान १० बजेमात्रै सार्वजनिक गर्ने जनाइएको छ ।

स्रोतका अनुसार संक्रमति हुनेमा रघुगंगा गाउँपालिकाका एकजना, मंगलाका एक, बेनपाका ३ र मालिकाका ४ जना रहेका छन् । यो संगै आइसोलेसनमा १४ जना, निको भएर घर फर्किएका २० जना रहेका छन् ।

Leave a Reply