म्याग्दीमा सलहले ठूलो नोक्सानी गरेको छ । मंगलबार जिल्लाको पश्चिम म्याग्दीमा हजारौंको संख्यामा देखिएको सलहले जिल्लाको लगाईएको बाली नष्ट पारिदिएको छ। मंगलवार भित्रिएको सहल बुधवार सम्म पनि जिल्लाका विभिन्न स्थानमा लगाईएको बालीनाली क्षेति पु¥याईरहेको छ ।

पश्चिम म्याग्दीको मालिका, मंगला र बेनी नगरपालिका भित्रका विभिन्न गाउँमा सलहको ठूलो झुण्डले मकै, धान लगाएको बालीनाली नष्ट पारिदिएको स्थानीयले बताएका छन् । हजारौको संख्यामा आकाशका देखिएको सलहको नियन्त्रणका लागि स्थानीयले टिन, थाल र ध्वनी निस्कने विभिन्न विधि अपनाएपनि नभागेको मंगला गाउँपालिका–२ तल्लो डडुवाकी तुलकुमारी सुबेदीले बताउनुभयो ।

उहाँका अनुसार सलहलाई थाल ठटाएर भगाउँदा समेत खेतमै बसेको छ । बुधबार विहानै खेतबारीमा देखिएका सलहले कोदो, मकै र उन्नतजातको घाँस समेत नष्ट गरेको जनाइएको छ । कृषकका अनुसार सलहले सबै भन्दा बढि क्षेती मकैबालीमा पु¥याको छ। मकै पछि धान र घर आसपासमा लगाइएको तरकारी बालीमा समेत क्षती पुगेको छ ।

पश्चिम म्याग्दीमा सबैभन्दा धेरै सलह देखिएको छ । बाढीपहिरोले वितण्डा मच्चाइरहेको अवस्थामा खेतबारीमा सहल देखिएपछि स्थानीय समेत त्रसित भएका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीले सलह प्रवेश गरेपनि क्षतीको विवरण प्राप्त नभएको जनाएको छ । सलहले सबै भन्दा बढि मंगला र बेनी नगरपालिकाको पुलाचौर, डडुवा आसपासका क्षेत्रको बालीनालीमा क्षेती पु¥याएको छ ।

पुलाचौर आसपासका क्षेत्रमा अहिले सम्म सलह बसिरहेकै छ । विगतमा देखिएको भन्दा ठूलो संख्यामा भित्रिएको सलह देखिएपनि सम्बन्धिन निकाय भने बेखवर जस्तै बनेको किसानले गुनासो गरेका छन् । फट्याग्रा जातको किरा हुल सहल देखिएमा ड्रम तथा बाइक र गाडीको हर्नको प्रयोग गर्ने गर्न कृषि क्षेत्रका जानकारहरु बताउँछन्। बालीनाली जोगाउन जालिको प्रयोग गरि किरा छोपेर स्थानीयले औषधी हुने भन्दै खान थालेका छन् ।

Leave a Reply