उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३,दानाको गुईठेभीरबाट ट्रिपर कालिगण्डकी नदीमा ट्रिपर सँगै खसेका चालकको शब रातोपानीमा भेटिएको छ । अन्नपूर्ण गाउँपालिका–६ घारमा निर्माणधिन अवस्थामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको बा २ ख ३४२५ नंबरको ट्रिपरसँगै मंगला गाउँपालिका–५ छिस्वाङ घर भएका चालक २७ बर्ष ज्ञानबहादुर पुनको शब भेटिएको प्रहरीले जनाएको छ । निर्माण साम्रागी बोकेर आएको ट्रिपर सडक भासिएपछि नदीमा खसेको थियो । चालक पुनको शब कानुनी प्रक्रिया पुरा गरी परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । हिलाम्मे सडकका कारण उत्तरी क्षेत्रमा बर्खाको समयमा धेरै दुर्घटना हुने गरेको छ ।

Leave a Reply