भनिन्छ, हरेक आमालाई आफ्नो ज्यानको भन्दा बढी आफ्ना सन्तानको माया लाग्छ। म्याग्दीको मालिका गाउँपालिका–७,बिम माल्थानकी २५ बर्षिया विष्णु नेपाली त्यस्तै महान आमामा पर्छिन्।

गएको शुक्रबार घरमाथिबाट भीषण बर्षासँगै खसेको पहिरोमा परेकी विष्णुले अन्तिम समयसम्म परिवारका अन्य सदस्यलाई जोगाउने प्रयास गरेकी थिईन् । आफ्नै काखमा बेरिएको अवस्थामा २ महिने छोरी निशासँगै उनको शव शनिबार घरभित्रै भेटिएको थियो । आमाको न्यानो काखमा बेरिएको अवस्थामा २ महिने शिशुको शब सदरमुकाम बेनीबाट गएको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माको टोलीले करिब डेढ घण्टा लगाएर निकालेको थियो ।

एउटै कोठाभित्र सुतेका बिष्णुका श्रीमान बिरबहादुर नेपाली, ५ बर्षिय छोरा सन्दिप नेपालीको शब बाहिर निकालिएको उद्धारमा पुगेका प्रहरी निरिक्षक शर्माले बताए । ‘छोराछोरीलाई जोगाउन खोजेजस्तै देखिन्छ,‘श्रीमानले छोरा, श्रीमतिले छोरीलाई काखमा राखेको अवस्थामा शब निकालियो,‘ हृदयविदार दृष्यले प्रहरीको टोली नै स्तब्ध भयो’ शर्माले भने ।

दुई अक्षरले निर्मित प्रिय शब्द आमाबुबाको सन्तानप्रतिको जिम्मेबारी अनगिन्ती भएको घटनास्थलमा बेपत्ताको खोजीकार्यमा देखिएको उनको भनाई छ । उनका अनुसार पहिरोको संकेत देखिएपछि नेपाली दम्पत्तीले छोराछोरीलाई बाहिर निकाल्न खोज्दा काँखमा च्यापेको अवस्थामा निकालिएको बताए । दुई महिने शिशुको अवस्थाले प्रहरी तथा उद्धारमा खटिएका स्थानीयको समेत आँखा रसाएका थिए ।

‘श्रीमानश्रीमति भाग्न सक्थे,‘छोराछोरीलाई पनि सँगै लैजाने प्रयासमा परिवार नै पहिरोमा पुरियो’ एक स्थानीयले भने ।सन्तानको खुसीका लागि आमाबुबाको मायाँ र स्नेहको तुलनामा अरुसँग हुनै सक्दैन् भन्ने भनाई पहिरोस्थलमा शब निकाल्दा देखिएको स्थानीयको भनाई छ ।

मालिका–७ का वडा अध्यक्ष सुविन जुग्जालीले मजदुरी गरी जिवन निर्वाह गर्ने गरेका नेपालीको परिवार नै पहिरोमा परेको बताए । ‘अनेक दुखः कष्टलाई थिचोल्दै यो परिवारले संघर्ष गरिरहेको थियो,‘दुई सन्तानलाई आफ्नै काखमा राखेर पहिरोमा पुरिए’ जुग्जालीले भने ।

‘आफ्नोभन्दा छोराछोरीको चिन्ता छ,‘सन्तानका लागि आमाबुबाले त्यतिकै कष्ट उठाउँछिन् भन्ने प्रमाणपनि हो’ अध्यक्ष जुग्जालीले भने । बिममा ४० बर्षिया विष्णु पौडेल र उनकी ४ बर्षिया छोरी ईच्छा, ३५ बर्षिया गौदेवी नेपाली र ५ बर्षिय छोरा विशेष नेपाली रहेका छन् ।

गौमतीका श्रीमान पूर्णबहादुर गम्भीर घाईते अवस्थामा उद्धार गरिएको छ । बस्तीमाथिबाट पहिरो चलेपछि कलिला बालबालिका भएका परिवारमा जोगाउन खोज्दा समेत थप मानवीय क्षती भएको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए । उनका अनुसार धवलागिरी गाउँपालिका–६ मराङरिखका भिमबहादु जुग्जालीले ५५ बर्षिया श्रीमति गौशरालाई मृत्यु भयो ।

घरमाथिबाट खसेको पहिरोमा जुग्जालीले बुहारी २० बर्षिया दिमा जुग्जाली, ४ बर्षिया नातिनी दिप्ती, १ बर्षिय नाति दिवानलाई गुमाए । सोही गाउँमा धनबहादुर जुग्जालीले ३३ बर्षिया श्रीमति हिरामति जुग्जाली, ७ बर्षिया छोरी करिश्मा र ५ बर्षिया कञ्जनलाई गुमाए ।

श्रीमति र छोरी गुमाएका धनबहादुरले जोगाउने अनेक प्रयास गरेपनि सफल हुन सकेनन् । मराङका विभिन्न चारवटा स्थानमा गएको पहिरोमा एकै परिवारका धेरैले ज्यान गुमाएका छन् । पहिरोबाट जोगिएकाले समेत घरभित्र कलिला बालबालिका पहिरोले थुनिएपछि जोगाउन खोज्दा थप मानवीय क्षती पुगेको बताएका छन् ।

घरको आगनमा पुगेका समेत बालबालिका लिन भित्र जाने क्रममा पहिरोमा परेको अनुमान गरिएको मराङका वडा अध्यक्ष राजाराम सुबेदीले बताए । ‘कलिला कोपिलाहरुलाई पहिरोले टिप्यो,‘पहिरोमा पुरिएका बालबालिकाको शब निकाल्दा सबैको बोली रोकियो’ अध्यक्ष सुबेदीले भने ।

धवलागिरी–६ मा १९ जनाको शब भेटियो भने २ जना बेपत्ता अवस्थामा रहेका छन् । बेपत्तामध्ये ५१ वर्षीया जनिमा केसी, १६ वर्षीय सविन पुन, मालिका–७, बिमको एलिसा केसी र खोलाले बगाउँदा बेपत्ता भएकी मालिका–६, दरबाङका ४१ वर्षीय गीता रोका नभेटिएको प्रहरीले जनाएको छ ।

Leave a Reply