पर्वतको जलजला गाउँपालिका वडा नं ८ फर्सेमा ट्याक्सी दुर्घटना हुँदा चार जना घाइते भएका छन बागलुङबाट बेनीतर्फ जाँदै गरेको ध १ ज २८५ नंम्वरको ट्याक्सी अचानक मालढुंगा बेनी सडकमा पर्ने फर्सेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि ट्याक्सी चालक म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ गलेश्वर बस्ने ४५ बर्षिय दिलबहादुर सार्की, सोही ठाउँकी ४० बर्षिया पार्बती बिक, सोही ठाउँकै ६ बर्षिय दिप्सन बिक र सोही ठाउँकी १३ बर्षिया रिस्ती बिक घाइते भएका छन ।

घाइतेको अबस्था सामान्य रहेको र म्याग्दी अस्पताल बेनीमा उपचार भैरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । अचानक ब्रेक फेल भएपछि ट्याक्सी सडकबाट ६ मिटर तल खसेर दुर्घटना भएको थियो ।

Leave a Reply