अविरल वर्षासँगै आएको पहिरो खसेर ६ दिनदेखि अवरुद्ध पश्चिम म्याग्दीका विभिन्न सडकको अवरुद्ध पन्छाउने पहल सुरू भएको छ । गत शुक्रबार रातीको भिषण बर्षासँगै छियाछिया भएको दरबाङ–धारापानी हुदै मुना जोड्ने सडक र दरबाङ–बिम तथा मराङ जोड्ने सडकखण्ड खोल्न सामुहिक पहल सुरु भएको छ। जिल्ला विपद् ब्यवस्थापन समिति, जिल्ला समन्वय समिति, स्थानीय तहको पहलमा दरबाङबाट पहिरोस्थल तथा धवलागिरीको केन्द्र मुना जोड्ने सडकको अवरुद्ध पन्छाउन पहल सुरू भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनीअनलाइनलाई बताउनुभयो ।‘आज स्थलगत रुपमा पुगेर सडकको अवस्था हेरिएको छ,‘सडक सञ्चालनमा ल्याउन नसक्दा पहिरो पीडितलाई आवश्यक साम्रागी ब्यवस्थापनमा समस्या भएको छ’ प्रजिअ ढकालले भन्नुभयो । मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका सहित प्रजिअ ढकाल र प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरको टोलीले दरबाङ–धारापानी र दरबाङ–बिम सडकको अवलोकन गरी बिहिबारदेखि नै काम सुरु गर्न आवश्यक तयारी गरेको जनाइएको छ ।

बर्षासँगै आएको बाढीले केहीस्थानमा सडकको बेस नै भत्काएकाले पुनः स्तरउन्नती सहित मर्मतको आवश्यकता रहेको मालिका गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो । यसै हप्ताभित्र सडक सुचारु गर्न प्रयासका लागी प्रदेश सरकारबाट समेत बजेट विनियोजन भएको जनाइएको छ । सडक स्तरोन्नतिको जिम्मा पाएको ठेकदारलाई समेत प्रजिअ ढकालले चेतावनी दिएपछि आवश्यक मर्मतमा तयार भएको जनाइएको छ । पहिरोबाट विस्थापित तथा अलपत्रको उद्दार गरेर सामुदायिक भवन तथा विद्यालय र आफन्तको घरमा व्यवस्थापन गरिएकाले सडक अवरुद्ध हुदाँ हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने अवस्था आएको छ ।

Leave a Reply