म्याग्दी जिल्लामा तीनदिन यता लाखौंको संख्यामा सलहको बथान भित्रिएको छ । जिल्लाभर एकैपटक सलह खेतबारीमा पसेपछि किसान चिन्तित भएका छन् । सलहले बालीनालीमा क्षति पु¥याउन थालेको छ । आकाशै ढाक्नेगरी आएको सलहले तकारी, मकैबाली र भर्खर रोपेको धानमा क्षति पु¥याउन थालेको किसानले बताएका छन् । बिहिबार विहान सदरमुकाम बेनीबजार आसपासमा समेत ठूलो झुण्ड देखिएको थियो । बेनी नगरपालिका सहित जिल्लाका ६ वटै स्थानीय तहमा लाखौंको संख्यामा प्रवेश गरेको सलहले अन्नबालीमा ठूलो क्षती गरेको छ । किसानहरु बिहानैदेखि खेतबारीमा सलह धपाउन जुटेका छन् । सबैभन्दा धेरै मकैबालीमा सलहले असर गरेको बेनी नगरपालिका– ६ थाकनपोखरीका विमल रिजालले बताउनुभयो । ‘सलह खेतबारीमा बसेपछि भाग्दैन्,धुवाँ फैलाउने, थाल ठटाउँदा समेत भागेन’ रिजालले भन्नुभयो ।

बेनी नगरपालिका भित्रका अधिकांस खेतबारीमा सलह प्रवेश गरेको छ। सलहले अन्नबाली, तरकारी र उन्नतजातको घाँस खेतीमा समेत क्षती गरेको किसानको भनाई छ ।

एकैपटक हजारौंको संख्यामा सलहको ताँती खेतबारीमा प्रवेश गरेपछि धपाउन किसान नै खेतबारीमा पसेका छन् । यता कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालले जिल्लाभित्र ठूलो संख्यामा सलह देखिएपनि सामान्य क्षतीको खवर आएको बताउनुभयो ।

‘क्षतीको पूर्ण विवरण आएको छैन्,‘ठूलो क्षती पुगेजस्तो लाग्दैन’ कोइरालाले भन्नुभयो । यता स्थानीय तह समेत सहल आतंक बारे बेखबर नै छन् । सहलको आतंकबाट खेतबारीमा बाली सखाप भइरहेको अवस्थामा स्थानीय तहले प्रभावकारी नियन्त्रणको विधिका बारेमा जानकारी नै गराएको छैन् । किसानको खेतबारी सलहले रित्तै हुने अवस्था आउने जोखिम भएपनि नियन्त्रणका लागि प्रचार गरिएका कुनैपनि विधिहरु काम नलागेको गुनासो गरेका छन् ।

Leave a Reply