म्याग्दीमा बाढीपहिरोमा परेर विस्थापित भएकालाई पुर्नवासका लागि मोना बेल्जिमयले परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई मोना बेल्जियमले २ लाख भन्दा बढी आर्थिक सहयोग गरेको छ ।

गत असार २५ गते शुक्रबार राती आएको पहिरोले विस्थापित भएका धवलागिरी गाउँपालिका–६ मराङ, मालिका–७ बिम सहित जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट विस्थापित भएकालाई पुर्नवास सहित आवश्यक सहयोगका लागि मोना बेल्जिमयको सहयोग बिहिबार मोना आइसीका उपाध्यक्ष सुर्ज भट्टचनले कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि भट्टचनले मोनाले ओमकुमारी कोषसँग सहकार्य गरी बाढीपहिरो प्रभावितसँग समेत काम गर्ने बताउनुभयो । कोषका अध्यक्ष शाक्यले विस्थापितको आधिकारिक तथ्याङ्क लिई स्थानीय तह, विपद् ब्यवस्थापन समितिसँग सहकार्य गरी पुर्नवासलाई अन्तिम रुप दिने बताउनुभयो ।

‘विपद्मा राज्यको शक्तिले मात्रै प्रयाप्त हुदैन्,‘सबैले हातेमालो गदैं अगाडी बढ्नुपर्छ’ शाक्यले भन्नुभयो । उहाँले मोना बेल्जिमयमार्फत प्राप्त सहयोग सहित डेनमार्गबाट उपलब्ध भएको सहयोगको पुर्नवासले पीडितको घाउँमा मलम लगाउन सहज हुने बताउनुभयो । मोना बेल्जियमले गरिब तथा विपन्नको उपचारसँगै विगतमा समेत विपद्मा सहकार्य गरेको कोषको अभियानमा समेत साथ दिएको महासचिव सुमन थापाले बताउनुभयो । मोना बेल्जियम ओमकुमारी शान्ति कोषको संरक्षक सदस्य समेत हो ।

Leave a Reply