बेनी नगरपालिका-६,थाकनपोखरीकी गुना रिजालले बिहिबार विहानै खेतबारीमा आएको सलह धपाउन पाँचवटा थाल लिएर गईन्। पहिलोपटक सलह देखेकी रिजालले थाल ठटाउँदा भाग्ने सुनेपछि विहानभरी खेतबारीमा थाल ठटाउँदा समेत सलह नभागेपछि निराश भएर फर्किइन् ।

जिल्लाकै मंगला गाउँपालिका–२, तल्ला डडुवाकी तुलकुमारी सुबेदीले सलहले भित्राउन लागेको मकैबारी सखाप पारेपछि आगो बालेर धुवाँ फैलाउँदै चर्को ध्वनी निकाल्ने गरी थाल लगायतका स्थानीय विधिहरुको प्रयोग गरेपनि सलहले मकै छोडेन्। मकैबारीमा प्रवेश गरेको सलह धपाउँदा सुबेदीले तीनवटा स्टिलको थाल प्रयोग गर्न नमिल्ने भयो भने टिन समेत छियाछिया भयो । कृषि ज्ञान केन्द्र र स्थानीय तहले किसानलाई सलह देखेमा धुँवा लगाउने, ध्वनी जस्तो थाल, टिन, ड्रम तथा बाइक र गाडीको हर्नको प्रयोग गर्न भन्दै प्रचारप्रसार गरेपनि प्रभावकारी नभएको गुनासो गरेका छन् । ‘थाल कुच्चिने गरी ध्वनी निकाल्दा समेत सहल खेतबारीमै छ,‘धेरैको थाल कुच्चिएको छ’ बेनपा–६ थाकनपोखरीका बिमल रिजालले भने । उनले सलहले मकैंको घोगा लाग्दै गरेका मकैका बोट रित्तो बनाएको बताए । उनका अनुसार खेतबारीमा बसेपछि सलहलाई धपाउनै समस्या भएको बताए। मकैको पातबाट सुरु गरेको सलहले बोट रित्तो हुदाँसम्म खाने गरेको बताए । ध्वनीले सलह नभागेपछि किसानले विषादीको माग गरेका छन्। ‘चर्को आवाज निकाल्दा समेत सहलले टेरेन्,‘अब विषाधी नै छर्किनुपर्छ’ बेनपा–४,रामप्रसाद पौडेलले भने । उनका अनुसार पश्चिमतर्फबाट करोडौंको संख्यामा थपिदैं गरेको बताउँदै विज्ञ सहितको टोलीको माग समेत गरेका छन् ।

म्याग्दीको पश्चिम क्षेत्रबाट पुर्वतर्फ गइरहेको सलहलाई स्थानीयले धपाउनै नसक्ने अवस्था भएपछि खेतबारीबाटै फर्किन थालेका छन् । सबैभन्दा धेरै पश्चिम क्षेत्रको बालीमा असर गरेको छ । तीनदिनदेखि लगातार किसानहरु खेतबारीमा सलह धपाउन थालेपनि स्थानीय सरकारले आवश्यक सतर्कता सहितको सहयोगमा चासो नदेखाएको गुनासो समेत गरेका छन् ।

हालसम्म बेनी नगरपालिकाको वडा नं ४, ५ र ६ मा धेरै क्षती पुगेको छ भने मंगला गाउँपालिका वडा नं १ र २ वडामा क्षती देखिएको छ ।

फट्यांग्रोजस्तो देखिने सलह किरा कृषि बाली नष्ट गर्दै आएको अहिलेसम्मकै सबैभन्दा खतरनाक किरा भएकाले म्याग्दीमा भित्रिदै गरेको क्षेत्रको पहिचान गर्न नसक्दा पश्चिम क्षेत्रमा लगातार संख्या बढीरहेको छ। एउटै मकैमा एक सय वटासम्म बसेर नष्ट गरेको किसानको भनाई छ ।

जिल्लाभरका किसानले सलहले ध्वनीलाई नटेरको बताउँदै नियन्त्रणका लागि नयाँ विधिको आवश्यकता रहेको बताएका छन् । सलह किरा दिनभर बाली खाने र साँझ परेपछि एकै ठाउँमा जम्मा भएर बस्ने भएकाले बासस्थानको खोजी गरी नष्ट गर्ने योजना बनाइएको छ । आकाशै ढाक्नेगरी आएको सलहले तकारी, मकैबाली र भर्खर रोपेको धानमा क्षति पु¥याएपछि किसान निराश भएका छन् ।

लामो समय फौजी किराको मारमा परेका किसान अहिले सहलको प्रकोपका कारण समस्यामा परेका छन् । यता यता कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालले जिल्लाभित्र ठूलो संख्यामा सलह देखिएपनि सामान्य क्षतीको खवर आएको बताए । ‘क्षतीको पूर्ण विवरण आएको छैन्,‘ठूलो क्षती पुगेजस्तो लाग्दैन’ कोइरालाले भने ।

स्थानीय तह समेत सहल आतंक बारे बेखबर नै छन् । सहलको आतंकबाट खेतबारीमा बाली सखाप भइरहेको अवस्थामा स्थानीय तहले प्रभावकारी नियन्त्रणको विधिका बारेमा जानकारी नै गराएको छैन् । यसैबीच तत्काल सलह नियन्त्रणको प्रभावकारी विधि प्रयोग नगरे आगामी दिनमा अन्न उत्पादनमा भारी गिरावट आउने कृषकको भनाई छ ।

Leave a Reply