बेनी नगरपालिका–४ तातोपानी बजार नजिकै लुल्याह भन्ने ठाउँमा जमिन भाँसिएको छ । पश्चिम म्याग्दीको ’लाइफलाइन’ मानिने बेनी–दरबाङ सडकखण्ड अन्तरगत माथिल्लो तातोपानी जानेखण्डको ओडार नजिकैको माथिल्लो क्षेत्रमा जमिन भाँसिएपछि आवतजावतमा जोखिम बढेको छ ।
सडक विस्तारको क्रममा समेत उक्त स्थान निकै जोखिम रहेको अवस्थामा माथिल्लो क्षेत्रमा धान रोपाई गरिएको खेत र खरबारीको जमिन भासिएको स्थानीय कुमार केसीले जानकारी दिनुभयो ।