अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

बाढीपहिरोले अर्मनमा १५ घरधुरी विस्थापित

By -
On: July 17, 2020 9:32 PM
Follow Us:
---Advertisement---

अबिरल बर्षासँगै आएको बाढीपहिरोले म्याग्दीको मंगला गाउँपालिका-५, अर्मनका विभिन्न स्थानमा १५ घरधुरीभन्दा बढी विस्थापित भएका छन् । एकसाता अगाडी बाढीपहिरोबाट विस्थापित भएका छिमेकी र टेन्टमा बसेका छन् ।

बाढीपहिरोले अर्मन गाउँका दुर्गादत्त कँडेल, गोपाल कँडेल, पिपलबोटमा लक्ष्णम कँडेल, श्रीलाल सापकोटा, टिकाराम सापकोटा, हाँडेभिरका बिरबहादुर खत्री, कुर्सिलाका तारा खड्का कुर्सिला, ओमबहादुर क्षत्री, तिलक खत्री पाखर्कका चन्द्रबहादुर फगामी, मेख बहादुर रोका, होम बहादुर फगामी, दलबहादुर विक लगायत रहेका छन् ।

त्यस्तै सिर्कुममा ३ घर विस्थापित भएको गाउँपालिकाले जनाएको छ । विस्थापितलाई अस्थायी संरचना तथा राहत वितरण गरिएपनि पुर्नवासका लागि प्रदेश सरकारबाट सहयोग मागिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

‘बाढीपहिरोले खेतीयोग्य जमिन समेत तहसनहस बनाएको छ,‘पुर्नवासको अभियानमा सघाउन अपिल गछौं’ रोकाले भन्नुभयो । लगातारको वर्षा, भिरालो जमिन, कमजोर भूबनावटका साथै सडकबाट खसेको बाढीपहिरोले असर गरेको वडा अध्यक्ष भुपेन्द्रबहादुर केसीले बताउनुभयो । बाढीपहिरोबाट विस्थापितलाई राहतको अभियानमा जुटेको बताउँदै प्राकृतिक विपत्तीमा वडाले मात्रै एक्लै नसक्ने बताउनुभयो ।

बाढीपहिरोमा अति विपन्न परिवार समेत परेका छन् । हरेक बर्ष बाढीपहिरोको चपेटामा पर्ने गरेका अर्मनका विभिन्न बस्तीका बासिन्दालाई राहत तथा सडक विस्तार, नदीकटान नियन्त्रणमा प्रयाप्त बजेटको आवश्यकता रहेको स्थानीयको भनाई छ । यसैबीच गाउँपालिकाले ५ वटै वडामा बाढीपहिरोबाट विस्थापित र जोखिम घरधुरीको तथ्याङ्क संकलन गर्न वडाका जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।

-