बेनी नगरपालिका-९ मा अवस्थित प्रसिद्ध धार्मिकल गलेश्वर मन्दिरको बगैचा रहेको परिसरमा एक सय ६० वटा पिपलका बिरुवा रोपिएको छ । गलेश्वर खानेपानी उपभोक्ता संस्थाको आयोजना तथा डिभिजन बन कार्यालयको प्राविधिक सहयोगमा साउन महिनाको सुरुवातसँगै मन्दिरमा दर्शन गर्न आउने भक्तजन र आर्कषक बनाउन पिपलका बिरुवा रोपिएको हो ।

शनिबार आयोजित कार्यक्रममा जिल्ला समन्वय प्रमुख देबेन्द्रबहादुर केसीले पिपलको रोपणसँगै संरक्षण समेत महत्वपूर्ण भएको बताउनुभएको थियो । उहाँले बिरुवा रोप्दै बिरुवा रोप्नुसँगै बिरुवा हुर्काउनु ठूलो कुरा भएको बताउनुभएको थियो ।

कार्यक्रममा वडा नं ९ का अध्यक्ष बेलबहादुर चोखाल, गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यवाहक अध्यक्ष भिमनाथ पराजुली, सचिव माधवप्रसाद रेग्मी, शसस्त्र प्रहरी बिटमा प्रमुख प्रकाश माझीँ लगायतको उपस्थिती रहेको थियो । धार्मिक तथा वैज्ञानिक कारणले पिपलको रुख महत्व रहेको खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।

पिपलका बिरुवा रोपेसँगै उक्त बिरुवाको उचित संरक्षणमा ध्यान दिने समेत उहाँले बताउनुभयो । बैज्ञानिकले समेत अन्य बिरुवाको तुलनामा पिपलले बढी अक्सिजन दिने हुदाँ पिपलको रोपनलाई प्राथमिकता दिने गरेका छन् । कार्यक्रमको महत्व तथा स्वागत डिभिजन बन कार्यालयका रामजी शर्मा सुबेदीले गर्नुभएको थियो ।

Leave a Reply