मुस्ताङको थसाङ गाउँपालिका–४, देउरालीमा सुख्खा पहिरो खसेपनि कालिगण्डकीको बाहबलाई कुनै असर गरेको छैन् । शुक्रबार खसेको सुख्खा पहिरोले बस्ती तथा आसपासका क्षेत्रमा असर नगरेको स्थानीयको भनाई उद्धित गदैं दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार देउरालीमा पटकपटक सुख्खा पहिरो जाने गरेपनि त्यहाँ आसपासमा रहेको बस्नीमा कुनै असर गरेको छैन् । यस क्षेत्रमा विगतमा समेत सानोसानो पहिरो खस्ने गरेको थियो । यता मुस्ताङका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले शनिबार पहिरोस्थलको अवस्था समान्य रहेको बताउनुभयो । ‘अवरुद्ध सडक पन्छाउने काम भइरहेको छ,‘मुस्ताङ क्षेत्रमा त्यस्तो केही समस्या छैन’ प्रनाउ भण्डारीले भन्नुभयो ।

उहाँका अनुसार सडकखण्ड आसपासका क्षेत्रमा पहिरोले असर गरेपछि नेपाल प्रहरी, नेपाली सेना सहितको टोली सडक मर्मत तथा यातायात सञ्चालनमा सहज हुने गरी खटिएको बेनीअनलाइनलाई जानकारी दिनुभयो ।
उहाँले उक्त स्थानमा पटकपटक पहिरो जाने भएपनि त्यसले कुनै असर नगर्ने बताउनुभयो ।

‘त्यहाँ पहिरो गइरहेको जानकारी आउँछ, त्यसले कुनै असर गदैन, कालिगण्डकी नदीमा समेत त्यसको ठूलो असर हुदैन’ प्रनाउ भण्डारीले भन्नुभयो । थासाङ–४ घोप्टेओडारमा नदी कटानले पारेको जोखिमलाई मध्यनजर गरी मर्मतलाई शनिबार विहानैदेखि सुरु गरेको छ ।

शुक्रबार घाँसामा रहेको नेपाली सेनाको क्याम्पमा कार्यरत कृष्णप्रसाद सापकोटाले पहिरोस्थलको भिडियो सामाजिक सञ्जालमा हालेपछि भाइरल भएको थियो । यता अन्नपूर्ण गाउँपालिका–३ दानाको दुवारी खोलादेखि गुईठेसम्मको सडक समेत भाँीसएको छ । सडकखण्डमा आवतजावतमा समेत समस्या रहेको स्थानीय पत्रकार सुरेन गुरूङले जानकारी दिनुभयो । ‘सडक मर्मतमै समस्या हुने देखिएको छ,‘सडक आसपासका क्षेत्रमा थप जोखिम छ’ गुरूङले भन्नुभयो । उहाँले सडक भत्किएपनि कालिगण्डकी नदीमा कुनै असर परेको छैन् । लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भूबनावटले बेनी–जोमसोम–कोरला खण्ड स्तरोन्नति भइरहेपनि यात्रुले हरेक बर्ष बर्षातको समयमा निकै सास्ती खेप्नुपरेको छ।

म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानालाई जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना अन्र्तरगत बेनी–जोमसोमखण्डमा मात्रै दर्जनभन्दा बढी स्थानमा पहिरो र कालिगण्डकी नदीको कटानले छियाछिया परेको छ।

Leave a Reply