बेनी नगरपालिका-८, कालिपुलमा ट्राफिक प्रहरी र एक सवारीचालक बिच भएको विवाद सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले गम्भीर ध्यानर्कषण भएको जनाएको छ । कालिपुलको चेकपोष्ट नजिकै भएको विवादमा ट्राफिक प्रहरीले ज्यादतीको विषयमा सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनाका बारेमा आफ्नो धारणा सार्वजनिक गरेको हो ।

घटनामा ट्राफिकले ज्यादती गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि प्रहरी निरिक्षक एवम् सुचना अधिकारी डाक्टरप्रसाद चौधरीले घटनाका बारेमा विज्ञप्ती निकाल्दै प्रहरीले सावधानी अपनाउँदा समेत नियम विपरित सवारी सञ्चालन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको बताउनुभएको छ ।

विज्ञप्तीमार्फत प्रहरी जवान निलमणी चाँई र ग १ ज ४८४१ नम्बरको बोलेरो जिपका चालक जिल्ला म्याग्दी, बेनी नपा–७, मंगलघाट बस्ने लोक बहादुर बोहोरा क्षेत्री बिचको विवाद भएको जनाइएको छ ।

चालकले १५ दिन अगाडी समेत सवारी दर्ता किताब (ब्लु बुक) नराखी सवारी साधन चलाएकोमासवारी चालक अनुमतिपत्र (ड्राईभिङ्ग लाईसेन्स) ट्राफिक प्रहरीले नियन्त्रणमा लिएकोमा यसपटक पनि सवारी दर्ता किताब बिना नै सवारी साधन चलाइरहेको अवस्थामा भेटिएको जनाएको छ ।

‘प्रहरीले दुब्र्यवहार गरेमा कारवाही गछौं, नियम अनुसार सबैले आफ्नो कागजपत्र सँगै लैजाँदा केही हुदैन’ प्रहरी निरिक्षक चौधरीले भन्नुभयो । जिल्लामा प्रहरीले समुदायसँगै मिलेर शान्ति सुरक्षा कायम गर्ने देखि विपद् र अन्य अभियानमा समेत साथ दिने गरेको बताउँदै प्रहरीले मर्यादा र जिम्मेबारी विर्सिएमा कानुन अनुसार कारवाही गर्ने बताउँदै घटनाका बारेमा प्रष्ट बुझिदिन अनुरोध समेत गर्नुभएबो छ ।

 

 

Leave a Reply