ब्रेन र आन्द्रामा रगत जमेर काठमाण्डौको टिचिङ अस्पतालमा उपचारर्थ बेनी नगरपालिका-२  ज्यामरुककोटकी एक यूवतीको उपचारमा आर्थिक समस्या देखिएको छ । बाथ रोगबाट ग्रसित २१ बर्षिया प्रतिक्षा सुबेदीको अप्रेसन सहित थप उपचारका लागि आर्थिक समस्या भएको स्थानीय भिमबहादुर पौडेलले जानकारी दिनुभयो ।

करिब दुईबर्ष अगाडी बिरामी भएकी सुबेदीको विगतमा आफन्त र गाउँमा आर्थिक सहयोग जुटाएर उपचार गरिएपनि शुक्रबार एक्कासी ब्रेन र आन्द्रामा समस्या देखिएपछि थप उपचारमा समस्या भएको बताइएको छ ।

अप्रेसन, औषधी लगायतका आवश्यक खर्चको अभाव भएपछि बिरामी सुबेदीकी आमाले सन्तु सुबेदीले सहयोगको याचना गर्नुभएको छ। ‘मेरो छोरीको उपचारमा खर्च गर्ने पैसा छैन्,‘सबैले सानोसानो सहयोग गरिदिनुहोला’ सुबेदीले भन्नुभयो ।

बिरामी छोरीको उपचारमा सन्तु र विदेशमा रहेका छोराको कमाईले उपार गरेको बताउादै थप उपचारमा सहयोग जुटाउनुको विकल्प नभएको स्थानीयको भनाई छ । यसैबीच सुबेदीको अप्रेसन सफल भएको छ भने अस्पतालमै बसरे नियमित उपचार गर्नुपर्ने चिकित्सको भनाई छ ।

सहयोग तथा जानकारीका लागि 984-4747537 सम्पर्क गर्नुहोला

Leave a Reply